सिन्धुपाल्चोक
जुगल गाउँपालिकाको वडा नं. ५ मा जिविकोपार्जन कार्यक्रम अन्तरगत दायाका हातहरु नेपालको आर्थिक सहयोगमा बाख्रा वितरण गरिएको छ। स्थानीय यस संस्थाका प्रतिनिधिहरु सोम छिरिङ तामाङ र गणेश बहादुर श्रेष्ठको पहलमा सुरुमा १५ परिबारलाई ७ वटा बाख्रा बितरण गरि सुरु गरिएको थियो।
हाल सम्ममा कुल ४० घरपरिवारलाई बाख्रा वितरण गरिसकेको सोमछिरिङ तामाङले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो।
आर्थिक अवस्था कमजोर रहेका साना व्यावसायले परिवारको आर्थिक आर्थिक सुधारमा ठुलो सहयोग मिलेको लाभग्राही दावा लामो तामाङले बताउनु भयो। लाभग्राहीहरुलाई हाल मासिक रुपमा बचत गरि ऋण समेत उपलब्ध गराउँदै आएको छ।