अरनिको यातायात र मेयर बालेन बिचको विवाद के हो ?

निर्माणाधीन अरनिको बसपार्क महानगरले भत्काउन आए प्रतिकार गर्ने चेतावनी

  प्रीतम कुमार तामाङ

काठमाडौं
अरनिको यातायात प्रा.लि. ले काठमाडौं महानगर, ३२ स्थित जडिबुटीमा १४ रोपनी निजि जग्गा भाडामा लिएर बसपार्क निर्माणको अन्तिम चरणमा पुर्याएको छ। निर्माणकर्ता संस्थाका अध्यक्ष केदार क्षेत्रीका अनुसार करिब १० करोड लगानी भैसकेको उक्त बसपार्कको विषय अहिले निकै चर्चामा छ। कारण, बनिसकेको बसपार्क महानगरले भत्काउने अनौपचारिक हल्लाले यातायात कम्पनी र व्यवसायीहरु सशंकित बनेका छन्।

खासमा भएको यस्तो देखिन्छ;
करिब ७ महिना अघिदेखि बसपार्कको निर्माण सुरु गरेको देखिन्छ। सुरु गर्नु पुर्व काठमाडौं महानगरपालिकाका प्रमुखलाई सम्बोधन गरेर यातायात प्रा.लि. ले नक्सा पासका लागि र निर्माण गर्नका लागि अनुमति माग गरेको पत्र प्रमाण स्वरुप पेश गरेका छन्। यातायात प्रा.लि. का अध्यक्ष क्षेत्रीका अनुसार गत ०७९ साल फागुन ८ गते पत्र मार्फत पुरानो बसपार्कमा भ्यु टावर निर्माण सुरु गरेपछि खुल्ला मञ्चमा सारिएको बसपार्कलाई पुनः त्यहाँबाट पनि हटाई नेपाल सरकारले कुनैपनि विकल्प नदिएपछि काठमाडौंका विभिन्न खोला किनार, खाली जग्गामा अव्यवस्थित तरिकाले पार्क गर्दा ट्राफिक समस्या देखि विभिन्न समस्या झेलिदै आएकोमा आफ्नै निजि जग्गा र खर्चमा सुविधायुक्त बसपार्क सञ्चालन गर्न अनुमति माग गरेको देखिन्छ।

यातायात प्रा.लि. ले महानगरमा पेश गरेको पत्र;

निर्माण सम्पन्न हुन लागेको बसपार्क भत्काउने विषय भनें अहिले उत्कर्षमा छ। काठमाडौं महानगरपालिकाले गरिएको नगरकार्यपालिकाको बैठकले उपत्यका बाहिरबाट भित्रीने हरेक सार्वजनिक सवारीसाधनलाई बिचमा कतै यात्रु हाल्न वा ओराल्न नपाउने र सबै सवारी साधन नयाँ बसपार्क मै पुग्नुपर्ने निर्णयले समस्या निम्तिएको देखिन्छ। महानगरको बैठकले प्रत्येक चोकको दायाँबायाँ १०० मिटरको आसपास टिकट काउन्टर समेत राख्न निषेध गरेका छन्। यसरी हेर्दा महानगरको निर्णयले यात्रुहरु मारमा पर्ने स्पष्ट देखिन्छ। अरनिको बसपार्कको सन्दर्भमा हाल सयौं व्यवसायी र हजारौं मजदुरको रकमबाट बनाउन लागेको बसपार्क भत्काउने विषयले यातायात व्यवसायीहरु, मजदुरहरु दुखित देखिन्छ।

अध्यक्ष क्षेत्रीका अनुसार पटकपटक प्रमुख बालेन शाह संग बैठक बसेपनि ठोस निर्णय भनें नदिएको बताए। उनले मौखिक रुपमा यसलाई सकारात्मक रुपमा लिएको बुझिएपछि सार्वजनिक सेवाको विषय रहेकोले बसपार्क निर्माण सुरु गरेको उनको जिकिर छ। तर निकै पटक लिखित जवाफ माग्दा पनि महानगरले चासो नदिएको गुनासो गरे। यसै विषयमा सल्लाह गर्न भौतिक पुर्वाधार मन्त्रालय पुग्दा त्यहाँ महानगरका एसपी पाण्डेले निर्माणाधीन बसपार्क छिट्टै भत्काइने कुरा कर्मचारी वर्गबाट सुन्नमा आएको पनि अध्यक्ष क्षेत्रीले बताउनुभयो।

यातायात प्रा.लि.को तर्फबाट बसपार्क जोगाउन प्रदेश यातायात कार्यालय, यातायात व्यवस्था विभाग, उपत्यका ट्राफिक कार्यालय देखि भौतिक भौतिक पुर्वाधार तथा यातायात कार्यालय लगायतलाई गुहारेका छन्। त्यस्तै उनका अनुसार विभिन्न जिल्लाका माननीयहरु र स्थानीय सरकारहरुले बसपार्क निर्माणमा एक्यवद्धता जनाएका छन्। यतिमात्र हैन, दैनिक जसो बसपार्क बचाउ अभियान स्वरुप पालैपालो पहरेदार गर्ने सम्मको कार्यक्रम सुरु गरेका छन्।

निर्वाचित माननीयहरुको एक्यवद्धता

यसै विषयलाई लिएर यातायात प्रा.लि. ले सोमबार गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष क्षेत्रीले यसको विरुद्ध सर्वप्रथम पत्रकार सम्मेलन गरेर सबैमा जानकारी दिएको, त्यसपछि नभए कानुनी उपचारमा लाग्ने, त्यो पनि नभए सेवा विस्तार भएका जिल्लाबाट यात्रुहरु सहितले आन्दोलन गर्ने र अन्तिममा हुँदै नभए प्रतिकारमा उत्रीने सम्मको संघर्ष गर्ने जनाए। हाल बन्दै गरेको बसपार्क भित्र सुविधायुक्त निशुल्क सार्वजनिक शौचालय देखि चमेना गृह, यात्रु प्रतीक्षालय, सिसिटिभी सुरक्षा सम्मको सुविधा हुने जानकारीमा आएको छ।

उपत्यका ट्राफिक कार्यालयमा पेश गरिएको पत्र

सरकारले व्यवस्थापन गर्नुपर्नेमा यसरी सफा र सुरक्षित बसपार्क निजि क्षेत्रले बनाउँदा उल्टै सकेको समन्वय र सहयोग गर्न जरुरी देखिन्छ। राज्यले लगानीकर्ता, मजदुरहरुलाई संरक्षण गर्नुको साटो यस्ता कार्यलाई दुरुत्साहन गरेमा यसले ठूलो घाटा पुग्ने निश्चित छ। तसर्थ वार्ता संवादको माध्यमबाट अरनिको यातायात जस्तै आफ्नै लगानीमा जनसेवा गर्न चहाने सबैलाई उचित नियमन गरि सञ्चालन गरिएमा न्यून आयस्तर भएका यात्रुका साथै यातायात कम्पनीहरुले न्याय पक्कै पाउनेछन्।

भिडियो; 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार