सिन्धुपाल्चोक घेदुङले भोलि शान्तिपुर्ण जिल्ला प्रशासनमा धर्ना तथा ज्ञापनपत्र बुझाउने

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोक समन्वय समितिले भोलि अर्थात् श्रावण २२ गते सोमबार जिल्ला प्रशासनमा १ घण्टा शान्तिपुर्ण धर्ना तथा ज्ञापनपत्र बुझाउने भएको छ। केही समय अघि तामाङ र मगर समुदायको जातिय अस्तित्व माथी मानमर्दन हुने अभिव्यक्ति दिएका अधिवक्ता अभियुक्त भगवती पाण्डे (सितल) लाई पक्राउ नगरिएको भन्दै टेकु प्रहरी घेराउ गरिएको थियो। न्याय माग्न पुगेका तामाङ र मगर समुदायका आन्दोलनकारीहरुलाई खोजी खोजी निर्ममतापुर्वक कुटपिट गरिएको घटना प्रति विरोध जनाउँदै संलग्न प्रहरीलाई समेत कारबाहीको माग गर्दै केन्द्र घेदुङ र मगर संघको परिपत्र अनुसार भोलि जिल्ला प्रशासन अगाडी धर्ना र ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको घेदुङ जिल्ला उपाध्यक्ष थुप्तेन ग्याल्बो लामाले जानकारी दिनुभयो।

जिल्लाका तामाङ र मगर समुदाय लगायत शुभचिन्तक आदिवासी समुदाय समेत उपस्थित भै उक्त कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गराउन घेदुङ जिल्ला अध्यक्ष प्रताप सिं तामाङले आग्रह गर्नुभएको छ। तामाङका अनुसार खुलेआम यसरी आदिवासीको संस्कार, संस्कृति माथी हस्तक्षेपकारी ढंगले बोल्ने अधिवक्तालाई र शान्तिपुर्ण कार्यक्रममा लाठी, बुट बजार्ने प्रहरीलाई तत्काल विभागीय कारबाही हुनुपर्ने बताउनुभयो। आफ्नो अस्तित्व रक्षाका निम्ति पनि कार्यक्रममा अनिवार्य उपस्थित हुन सबैमा निमन्त्रणा समेत गर्नुभएको छ।

केन्द्रको परिपत्र; 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार