तामाङ समाज क्यानडाको तेस्रो अधिवेशन सम्पन्न, युबरेन्द्र मोक्तानको अध्यक्षतामा समिति गठन

आफ्नो जाती, भाषा, धर्म, संस्कारलाई बचाइराख्न नव कार्यसमिति दत्तचित्त भएर लाग्ने योजना रहेको अध्यक्ष मोक्तानले जानकारी दिनुभएको छ"

  प्रीतम कुमार तामाङ

काठमाडौं
तामाङ समाज क्यानडा (Tamang Society of Canada) को तेश्रो अधिवेशन नर्थयोर्क टोरोन्टोमा सम्पन्न भएको छ। अधिवेशनबाट युबरेन्द्र मोक्तान तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। समितिको उपाध्यक्षमा माया मोक्तान तामाङ, महासचिवमा इन्द्र तामाङ, सचिवमा अर्चना तामाङ, कोषाध्यक्ष सानु तामाङ, सह-कोषाध्यक्षमा जुनी पाख्रिन तामाङ, सदस्यहरुमा कमल माम्बा तामाङ, दिपा माम्बा तामाङ र अस्मिता तामाङ निर्वाचित भएको छ।

विश्वको जुनसुकै मुलकबाट क्यानडामा आई बसोवास संगै विविन्न पेशामा आवद्ध गर्नुहुने सम्पूर्ण तामाङहरुलाई एकबद्धता गर्दै तामाङ समुदायको भाषा, धर्म, भेषभुषा, कला तथा साहित्य, संस्कार-संस्कृति र पहिचानको संरक्षण र सम्बर्द्धन गर्ने मुख्य उद्धेश्यका साथ सन् 2019 मा तामाङ समाज क्यानडा (Tamang Society of Canada) स्थापना भएको संस्थापक अध्यक्ष राजन तामाङ बताउनुहुन्छ।

संस्थाको दोस्रो अधिवेशनबाट बिनु लामालाई अध्यक्षमा निर्वाचित गरेको थियो। लामाको कार्यकाल समाप्त हुन साथ तेस्रो अधिवेशन यहि जुलाई २९ मा समापन गरेका हुन्।

नव निर्वाचित अध्यक्ष मोक्तानको यो वा त्यो नभनी तामाङहरुको एकता नै मुख्य उद्देश्य राखी अघि बढ्नुपर्ने धारणा छ। विभिन्न पेशामा आवद्ध क्यानडामा रहनुहुने तामाङहरुलाई एकठाउँमा ल्याउन र आफ्नो जाती, भाषा, धर्म, संस्कारलाई बचाइराख्न आफ्नो कार्यसमिति दत्तचित्त भएर लाग्ने योजना रहेको उनले जानकारी दिनुभयो। साथै, यदि तामाङ समाज क्यानडाको बारेमा बुझ्न चाहेमा वा सदस्यता बन्न चहानुभएमा अध्यक्ष युबरेन्द्र मोक्तान सम्पर्क नं. 4169036932 मा सम्पर्क गर्न अपिल गर्नुभएको छ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार