बलेफी गाउँपालिका बजेट ल्याउनेमा बागमती प्रदेश कै पहिलो भएको दावी

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
बलेफी गाउँपालिकाको १३ औं गाउँसभा आज सम्पन्न भएको छ। नयाँ आर्थिक वर्ष २०८०/८१ को लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। गाउँ सभा मार्फत बजेट पारित गरेसँगै यो पालिका बागमती प्रदेशमै नीति, कार्यक्रम तथा बजेट ल्याउने पहिलो गाउँपालिका बनेको दावी गरिएको छ ।

खाडिचौरस्थित सभाहलमा आयोजना गरेको गाउँ सभा अध्यक्ष गंगा बहादुर तामाङको सभा अध्यक्ष एवं प्रमुख अतिथिका रुपमा माधव सापकोटा (सुबोध) उपस्थित हुनु भएको थियो। उपस्थित प्रमुख अतिथी  संघीय सांसद सापकोटाले पालिकाले समयमै सहमतीमा नीति, कार्यक्रम तथा बजेट ल्याएकोमा खुसी व्यक्त गरे । संघीय संसदमा हुने बजेट निर्माण र छलफलको अभ्यासको जानकारी गराउँदै उनले स्थानीय सरकारको कामको प्रशंसा गरे । उनले नमुना वडा निर्माण, कृषिलाई प्राथमिकता लगायतका विषयले स्थानीय किसानलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

गाउँ सभाका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङले गाउँ सभामा उपस्थित भएर संघीय सांसदले हौसला बढाएकोमा खुसी व्यक्त गरे । गत वर्ष गाउँ कार्यपालिकामा सहमती जुट्न नसक्दा नीति, कार्यक्रम तथा बजेटमा भएको ढिलाईबाट पाठ सिकेका अध्यक्ष तामाङले यस पटक समयमै गाउँ सभाको तयारी गरेका थिए । सोही अनुसार गाउँ कार्यपालिका सदस्यहरुबाट सहयोग भएकोमा उनले धन्यवाद दिए ।

गाउँपालिका उपाध्यक्ष सरु तामाङले आगामी बर्षका लागि समयमै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न पाउँदा गर्व महसुस भएको बताइन्। निरन्तरको छलफल सहकार्य, सहमतिले गर्दा गाउँ सभा भव्य रुपमा सर्वसम्मत ढंगले सम्पन्न भएको उनले बताइन् । गत बर्ष बजेट ल्याउन भएको ढिलाइका कारण लिजामा कम अंक आएपछि समयमै कार्यक्रम गर्न पालिकाको सिंगो टिमले तयारी गरेको थियो । गाउँ सभामा प्रतिवद्धता जनाउन उपस्थित आठ वटै वडाका वडा अध्यक्षले पहिलो वर्षको सिकाइबाट समयमै बजेट ल्याउन लागि परेको बताए ।

गत महिना प्रमुख प्रशासकीय अधिकृतको भूमिका सम्हालेका सल बहादुर पाण्डेले गरेको उत्कृष्ट समन्वयात्मक कामले समयमै नीति कार्यक्रम र बजेट ल्याउन सफल भएको भन्दै उनको प्रशंसा समेत भएको छ । बलेफी गाउँ पालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि कूल ४७ करोड ६ लाखको बजेट प्रस्तुत गरेको छ ।

नयाँ नीति, कार्यक्रम तथा बजेट अनुसार अब पालिका भित्रका किसानले प्रतिलिटर दुधमा पाँच रुपैँया अनुदान पाउने छन् । यसै गरी आफ्नो जमिनमा खेति गर्न नसक्ने अवस्था आएको जानकारी गराउने किसानको खेत बारीमा खेती लगाउन पालिकाले सहजीकरण गर्ने भएको छ । सामुदायिक विद्यालयमा आपतकालिन शिक्षकको व्यवस्था गर्ने, उपाध्यक्ष बृक्षारोपण कार्यक्रम, सुत्केरी भेटघाट कार्यक्रम पालिकाले सुरु गरेका नयाँ कार्यक्रम रहेका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार