बाँदर लड्ने सोक्ला भिर बन्यो सहासिक खेल “रक क्लाइम्बिङ” जोन

  जन्मभूमि संवाददाता

दोलखा
दोलखाको भिमेश्वर नगरपालिका २ स्थित सोक्ला गाउँमा रहेको सोक्ला भिरमा रक क्लाम्बिङ सुरुवात गरिएको छ। गत जेठ १८ र १९ गते दुई दिन पर्यटन प्रबर्द्धनका लागि महोत्सव समेत सम्पन्न गरेको छ।

सोक्ला पर्यटन विकास समाजको १ वर्षको निरन्तरको प्रयासमा सदरमुकाम चरिकोटदेखि करिब ९ किलोमिटर दूरीमा रहेको सोक्ला गाउँ नजिकको करिब ३० मिटर अग्लो भिरमा रक क्लाइम्बिङ प्रयोजनमा ल्याइएको समाजको अध्यक्ष एवं पत्रकार अर्जुन पाख्रीनले बताउनुभयो। नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र माउन्टेड गाइड एसोसिएसन अफ नेपाल (मोगान)को प्राविधिक सहयोगमा महोत्सवको आयोजना गरिएको थियो ।

सोक्ला पर्यटन विकास समितिका अध्यक्ष पाख्रिनका अनुसार सोक्ला भ्यालीका भिरलाई महोत्सवपछि पनि निरन्तरता दिएर नेपाल प्रहरी, नेपाली सेनाका लागि परीक्षण स्थल बनाउने योजना रहेको बताउनुभयो । उनका अनुसार सोक्ला रक क्लाइम्बिङ महोत्सवको लागि मात्र हैन यो अब यहाँको स्थानीय लाई तालिम दिई दक्ष गराएर आन्तरिक तथा बाह्य पर्यटक ल्याएर क्लाइम्बिङ गराउने बताए ।

महोत्सवले सोक्ला क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरूको गन्तव्य बन्ने, सोक्ला भ्याली रक क्लाइम्बिङ हबका रुपमा विकास हुने, जिल्लाको स्काउट टिमका लागि आपतकालीन उद्धार तालिम केन्द्र बन्ने, भीमेश्वर नगरपालिकाको मात्रै नभएर जिल्लाकै साहसिक पर्यटकीय गन्तव्यका रूपमा सोक्ला गाउँको प्रवर्द्धन हुने विश्वास लिइएको आयोजकले जनाएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार