७ औं गोले वंश राष्ट्रिय भेला सम्पन्न, अक्षयकोषबाट उच्च शिक्षा हासिल गर्न सहयोग गर्ने

  जन्मभूमि संवाददाता

काठमाडौं
गोले तामाङ वंश उत्थान समाजको ७ औं राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ। संसारभरका गोले वंश एकजुट होऔं” भन्ने नाराका साथ आयोजना भएको भेलाले मीन गोलेको अध्यक्षतामा ९१ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिति चयन गरिएको छ। यसै अवसरमा देशैभरका उपस्थित गोलेहरुले एकअर्कामा आत्मियता साटासाट अनि भलाकुसारी समेत गरेका छन्।

स्थापना कालदेखि १० वर्ष पुरा गरेको अवसरमा संस्थापक अध्यक्ष जयप्रसाद गोलेको सभापतित्वमा सम्पन्न भेलाको प्रमुख अतिथी पुर्व मन्त्री मणि गोले लामा हुनुहुन्थ्यो भनें विशेष अतिथिमा पुर्व मन्त्री दावा गोले, पुर्व प्रदेश माननीय हिमाली गोले, घेदुङ अध्यक्ष मोहन गोले, बलेफी गा.पा. अध्यक्ष गंगबहादुर गोले लगायत उपस्थित हुनुभएका थिए।

उक्त अवसरमा देश विदेशका गोले बन्धुहरुले शुभकामना सन्देश सहित अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग समेत गर्नुभएको छ। पुर्व मन्त्री दावा लामा, पुर्व कर्नेल लगायतले अक्षयकोष स्थापनाका लागि १-१ लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै भेलामा गोलेहरुको किपट भुमि अर्थात् वंश सुरुवात भएको ऐतिहासिक एवं पुरातात्त्विक स्थलहरु सिन्धुपाल्चोकको थाङ्पाल र नुवाकोटको लाच्याङको विस्तृत खोज अनुसन्धान गरेर गोलेको इतिहास पत्ता लगाउन तर्फ लाग्नुपर्नेमा जोड दिएका छन्।

प्रमुख अतिथि मणि गोले लामाले तामाङ्हरु नेपालको आदिम युगदेखि बसोबास गर्दै आएको विभिन्न घटनाक्रम तथा इतिहास साक्षी रहेको जनाए। उनले तामाङहरुलाई कुनै बेला उनिहरुको सोझोपनको फाइदा उठाउँदै चरम शोषण दमन गरेर इतिहासहरु मेटाएकोले आज पुन: गोलवद्द भएर वास्तविक कथा लेख्न जरुरी रहेको भनाइ प्रष्ट्याउनु भयो।

यसैगरी पुर्व मन्त्री दावा गोले तामाङले गोसाइँकुण्ड, ग्ले (राजा) जस्ता शब्दहरु गोले शब्दबाट जोडिएको भएकोले कुनै इतिहासमा राजाको पुर्खा रहेको कुरा पुष्ट्याई हुने बताउनुभयो।

नवनियुक्त अध्यक्ष मीन गोलेले अक्षयकोषबाट आर्थिक अभावमा पढ्न नपाउने, डाक्टर, इन्जिनियर पढ्न चहाने गोले वंशका छोराछोरीहरुलाई उच्च शिक्षा हासिल गर्न सहयोग गर्ने तर्फ आफू अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार