सिविसद्वारा आयोजित महिला जनप्रतिनिधिहरुका लागि ३ दिने क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिबीस) को आयोजना तथा interpedia को सहयोगमा महिला जनप्रतिनिधिहरुलाई ३ दिने क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ। बलेफी गाउँपालिका र सुनकोसी गाउँपालिकाको समन्वयमा उक्त कार्यक्रम गरेका हुन्। बलेफी गाउँपालिकाका उपाध्यक्ष सरु लामा तामाङको अध्यक्षतामा समापन गरिएको कार्यक्रम टुकि सहकारीको भवनमा सम्पन्न भएको हो।

उपाध्यक्ष लामाले अबको बजेटमा महिला, बालबालिका, अपांगहरुको लागि उपयुक्त हुने बजेट पारित गर्न आफ्नो पहल रहने जनाए। अबको महिला जनप्रतिनिधिहरुले हस्ताक्षर र ताली मात्र बजाउन नभई निति तथा बजेटमा समेत सशक्त रुपमा लाग्न जरुरी रहेको बताउनुभयो।

बैशाख २४ देखि सुरु भएको कार्यशाला बैशाख २६ गते समापन गरेका छन्। २५ जना महिला जनप्रतिनिधि सहभागी भएको कार्यक्रममा प्रमुख प्रशिक्षक तारक धितालले महिला र बालबालिकाको अधिकारको विषयमा प्रशिक्षण दिनुभएको थियो।

प्रशिक्षार्थी महिला जनप्रतिनिधिहरुले बालमैत्री स्थानीय तह कसरी सफल पार्न सकिन्छ, किशोरीहरुको स्वास्थ्य अवस्था कसरी ठिक राख्ने, जलवायु परिवर्तनले बालबालिकामा पार्न सक्ने असरका बारे एवं अन्य विविध विषयमा ज्ञान लिने र आफ्नो दायित्व के हो भन्ने अवसर पाएको बताए।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार