बलेफीमा विपत तथा प्रकोप न्यूनीकरणका लागि स्थानीय द्रुत प्रतिकार्य समिती गठन

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
बलेफी गाउँपालिकाले आज एक दिने अभिमुखिकरण तालिम सञ्चालन गर्दै स्थानीय द्रुत प्रतिकार्य समिती गठन गरिएको छ। पालिका अध्यक्ष गंगाबहादुर तामाङको अध्यक्षता एवं उपाध्यक्ष सरु लामा तामाङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देविलाल सापकोटा, जिल्ला स्वास्थ्य सिन्धुपाल्चोकका प्रमुख अनुप अधिकारी, खोप अधिकृत लगायत विभिन्न शाखा प्रमुख सहित स्वास्थ्य कार्यालयहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो।

स्वास्थ्य प्रमुख अधिकारीले द्रुत प्रतिकार्य समिती र स्थानीय तह टोलि गठनको प्रक्रिया, यसको काम कर्तव्यको बारेमा जानकारी गराउनु भएको थियो। उहाँले विपत एवं प्राकृतिक प्रकोप कति बेला आउँछ भन्ने कुरा कसैलाई थाहा नहुने भएकोले पुर्व तयारी स्वरुप द्रुत समिती र स्थानीय टोलि तयारी अवस्थामा रहनुपर्ने जनाउनुभयो। उक्त स्थानीय द्रुत समितीमा पालिका अध्यक्षको संयोजकत्वमा ५ सदस्यीय समिती रहने व्यवस्था रहेको छ भनें मेडिकल अधिकृतको संयोजकत्वमा ११ सदस्यीय टोलि रहने व्यवस्था छ।

अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि उपाध्यक्ष सरु लामा तामाङले कुनै विपत अथवा प्रकोपबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न द्रुत समिती र टोलि अपरिहार्य रहेको जनाउनुभयो। त्यस्तै कार्यक्रमका अध्यक्ष एवं पालिका अध्यक्ष गंगाबहादुर तामाङले तत्काल समिति र टोलि गठन गरेर पुर्व तयारीका बारेमा छलफल चलाउँदै काम पनि अघि बढ्ने बताउनुभयो।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार