बौद्ध दर्शन प्रवर्द्धन गर्न लामा गुरुहरुलाई अध्ययन भ्रमण

गुम्बा विकास समितिद्वारा लामा गुरुहरुलाई देश दर्शन

  जन्मभूमि संवाददाता

काठमाडौं
बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले ४५ औ बौद्ध दर्शन अध्ययन भ्रमण गराएको छ ।
समितिको चालु आर्थिक वर्षमा ४५ औ बौद्ध दर्शन अध्ययन भ्रमण समितिका अध्यक्ष फूपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) को नेतृत्वमा लामा गुरु तथा आनीहरुको सहभागिता रहेका थिए ।
गत चैत्र २३ गतेबाट सुरु भएको कार्यक्रम एक हप्ताको रहेको थियो । समितिले हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङ जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक ऐतिहासिक रूपमा महत्त्वपूर्ण रहेका गुम्बाहरूको भ्रमण गराएको थियो । भ्रमण पश्चात् सहभागीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा कदर पत्र प्रदान गरिएको थियो । त्यस्तै समितिका कार्यकारी निर्देशक होमबहादुर दोङ्द्वारा राष्ट्रपति पौडेललाई मायाको चिनो शान्तिको प्रतीक बुद्धको मूर्ति प्रदान गरिएको थियो।
एक हप्ते भ्रमण कार्यक्रममा ११ जिल्लाबाट १९ जना लामा गुरु र ३ जना आनीहरुसहित २२ जनाको सहभागिता रहेका थियो । भ्रमणका क्रममा सहभागीहरूले मुस्ताङको ऐतिहासिक, धार्मिक गुम्बाहरूको अध्ययन, अवलोकन गर्नुभएको थियो । मुक्तिनाथ, ठिनी यङ्टुक गुम्बा, चुङ्सी केभमा रहेको चुङ्सी गुम्बा, चेराङमा रहेको नेपालको नै सबैभन्दा पुरानो लघेगर गुम्बा, चेराङ दरबारसङै रहेको ऐतिहासिक कुङानिम्बु गुम्बा , लोमान्थाङ दरबार र त्यहाँका गुम्बाहरू‚ कागबेनीमा रहेको काग छोडे थुप्तेन सम्तेलिङ गुम्बा र जोमसोममा रहेको चेछेन कुङ्गा छोखोर्लिङ गुम्बा र मार्फामा रहेको मार्फा साम्तेलिङ गुम्बाको अवलोकन गरिएको कार्यक्रम संयोजक एवं समितिका योजना अधिकृत सन्जु योङ्गयाले जानकारी दिइन् । त्यस्तै नेपाल र तिब्बतको सिमाना कोरेला नाकासम्म पुगेको संयोजक योङ्गयाले बताइन् ।

राष्ट्रपति पौडेलद्वारा कदर पत्र प्रदान गर्दै बौद्ध धर्म विश्वमा नै फैलिएको छ । तपाई लामा गुरु तथा आनिहरु देश दर्शन गरी आउनुभएकोमा धन्यवाद व्यक्त गरिएको थियो । साथै राष्ट्रपतिबाट लामा गुरु तथा आनिहरुलाई दक्षिणा समेत प्रदान गरिएको थियो।
समितिले प्रत्येक वर्ष लामा गुरु र आनीहरुलाई देश दर्शनमा लैजाने समितिका कार्यकारी निर्देशक दोङले जानकारी दिए । उनले गत वर्ष पनि मुस्ताङ नै भ्रमण गराइएको बताए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार