वरिष्ठ मिडियाकर्मी दिपेन्द्र दोङको निधनले नेपाली मिडिया जगतमा अतुलनीय क्षति!

  जन्मभूमि संवाददाता

काठमाडौं
केही हप्ता देखि ब्रेन ह्युमरेज भई उपचाररत वरिष्ठ मिडियाकर्मी दिपेन्द्र बिक्रम दोङको दु:खद निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचाररत उहाँको शनिबार अपरान्ह निधन भएको हो। दोङ सदाबहार तामाङ गीतहरुका श्रष्टा, दोस्रो तामाङ चलचित्र निर्देशक एवं लेखक समेत हुन्।

उहाँको निधनबाट नेपाली मिडिया जगत, पत्रकारिता, कला साहित्य क्षेत्रमा अतुलनीय क्षति पुगेको छ ।

काभ्रेको तेमालमा जन्मेर राजधानी कर्म क्षेत्र बनाएका दोङ पछिल्लो समय जनता टेलिभिजन, जनता रेडियो हुदै मध्यान्ह दैनिकको सिइओको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँका “चु ग्यालम खलाङ निला”,”झेलि लाजि जिन्दगीसे” लगायत दर्जनौं गीतहरु कालजयी छन् ।

दोस्रो तामाङ चलचित्र “मयुङ बुरिङ” का निर्देशक दोङले पछिल्लो दशक लेखन निर्देशन गरेका चलचित्र “नालिस” अन्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सवमा पुरस्कृत भएको थियो भने गीति नाटक “जेसुम” पनि तामाङ साहित्यमा महत्वपूर्ण मानिन्छ ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार