नेपाल बुद्धिष्ट तामाङ सुधार समितीकोबृहत सोनाम ल्होछार कार्यक्रम भव्य रुपमा सम्पन्न

समाजले मर्दा पर्दा समेत संस्थाका सदस्यहरुलाई सकेको सहयोग गर्दै आएका छन् ।

  प्रीतम कुमार तामाङ

काठमाडौं
शनिबार गोकर्णेश्वर माकालबारी स्थित नेपाल बुद्धिष्ट तामाङ सुधार समितिद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रम भव्य अनि सभ्य रुपमा सम्पन्न भएको छ । समाजले संघीय सांसद सन्तोष चालिसेको प्रमुख आतिथ्यता एवं गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालको विशेष आतिथ्यतामा कार्यक्रम सुसम्पन्न गरेका हुन् । कार्यक्रमको सभापतित्व अध्यक्ष रुप तामाङले गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता चालिसेले आफू ५ वर्ष नगरप्रमुखको जिम्मेवारीमा हुनेबेला हरेक हिसाबमा गुम्बा संग जोडिएको स्मरण गर्दै गुम्बा निर्माणमा समेत सहयोग गर्ने मौका मिलेको जनाउनुभयो । उनले माकालबारी भेग कै उत्कृष्ट गुम्बा नेपाल बुद्धिष्ट तामाङ सुधार समितिले बनाउन गरेको प्रयास प्रशंसनीय रहेको बताउँदै सबैले सहयोग गर्न अपिल समेत गर्नुभयो । नेता चालिसेले निर्माण हुँदै गरेको गुम्बा सम्पन्न गराउन आफुले केन्द्र सरकार देखि प्रदेश सरकारमा समेत सकेको पहल गर्दै १/२ वर्ष भित्र यसलाई मुर्तरुप दिने प्रतिबद्धता जाहेर गर्नुभयो ।

कार्यक्रमलाई शुभकामना दिँदै नगर प्रमुख रिसालले ल्होछार तामाङहरुको महान पर्व भएकोले यसलाई जोगाइरख्नु सबैको दायित्व रहेको जनाए । उनले यस्तै खाले कार्यक्रम गर्दा मौलिकता जोगाउने अभियान समेत हुने बताउनुभयो । गोकर्णेश्वर सम्पुर्ण जातजाति मिलेर बसेको नगर भएकोले सबै जातिको अपनत्व हुने गरि हरेक जातिको धर्म, भाषा, संस्कार, संस्कृति जोगाउन हरेक सहयोग नगरबाट हुने बताउनुभयो । त्यस्तै प्रमुख रिसालले समाजको निर्माणाधीन गुम्बा निर्माणका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमका सभापति एवं समाजका अध्यक्ष रुप तामाङले प्रमुख अतिथी, विशेष अतिथी, कलाकार, पत्रकार, आयोजक टिम देखि कार्यक्रम सम्पन्न गराउन सहयोग पुर्याउने सुरक्षा निकाय, प्रायोजकहरु सबैलाई कृतज्ञता दिँदै आगामी दिनमा समेत यस्तै सहयोग को अपेक्षा गर्दै कार्यक्रम सम्पन्न गराउनुभएको थियो ।

समाजले बुद्ध धर्मको प्रचारप्रसार, लिपी, भाषा, संस्कृतिको जगेर्ना गर्न बेलाबेला विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । संस्थामा सयौं जनाको सदस्यता रहेकाछन् । मर्दा, पर्दा समेत सबै जुटेर हातेमालो गर्दै समस्याको समाधान गर्नु समाजको अर्को उद्देश्य रहेका छन् ।

*नोट – न्युज प्रोफाइल तस्वीर – गोकेर्णेश्वर खबरबाट लिएको

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार