याङ्लाकोट सोनाम ल्होछारको मञ्चमा तामाङ संस्कृति संगै बिकासका कुरा

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जिल्लाको उत्तरी गाउँपालिका जुगलको वडा नं. ७ को घना तामाङ वस्ती हो याङ्लाकोट । यस ठाउँ तामाङ सभ्यता, संस्कृति बोकेको ऐतिहासिक थलोको रुपमा पनि परिचित छन् । बुधबार सम्पन्न यस वर्षको तामाङहरुको महान पर्व सोनाम ल्होछारको अवसरमा लामा बोन्बोहरुको झाँकी सहित गाउँ नै मनोरञ्जनमा रमाए ।

याङ्लाकोट टोल सुधार समाजद्वारा आयोजित कार्यक्रमको सभापति समाजका अध्यक्ष पविन तामाङले गरे भनें प्रमुख अतिथिका रुपमा माननीय पुर्व मन्त्री मोहनबहादुर बस्नेतले गर्नुभएको थियो । त्यस्तै विशेष अतिथिका रुपमा नेपाली काँग्रेसका जिल्ला सभापति जंगबहादुर लामा, पालिका अध्यक्ष रेशम स्याङबो, उपाध्यक्ष हिमाल श्रेष्ठले गर्नुभएको हो । कार्यक्रम वडा नं. ७ का अध्यक्ष रवि लामा (समीर) को सम्पुर्ण व्यवस्थापनमा भव्य एवं सभ्य रुपमा सम्पन्न भएको छ ।

उसैपनि ल्होछार कार्यक्रम भन्ने वितिक्कै संस्कार, संस्कृति, धर्म, भाषाको कुरा हुने थलो भएपनि अब बिकासका कुरा समेत हुन थालेको छ । हजारौं स्थानीय उपस्थित कार्यक्रममा गित संगितमा मात्रै रमाएनन् कि उनिहरु प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुको मन्तव्य पनि उत्तिकै चाख लागेर सुनिरहेका देखिन्थे । मन्तव्यमा बिकासका कुराहरु पनि निकै समय उठिरहेको थियो ।

यस्तैमा प्रमुख वक्ता बस्नेतले याङ्लाकोट एउटा अत्यन्तै सम्भावना बोकेको गाउँ भएकोले यसलाई बिकासको गतिमा अघि बढाउन जिल्ला सभापतिको पहलमा ढाँडे – याङ्लाकोट – ॐ पार्क रोड स्तरोन्नतिका लागि राष्ट्रिय योजना आयोगमा पारिसकेको बताउनुभयो । आफू क्षेत्र नं. २ बाट पार्टीले उठाए पनि क्षेत्र नं. १ पनि बिकासका दृष्टिकोणले संधै प्राथमिकतामा पर्ने जनाउनुभयो ।

साथै उहाँ क्षेत्री समुदायबाट भएपनि तामाङकै रगत रहेको कुराले कार्यक्रममा उपस्थित स्थानीय छक्क परे । नेता बस्नेतले आफ्नो हजुरआमा पनि तामाङ नै रहेको खुलाए । त्यसैले पनि तामाङहरु प्रति संधै आफू सम्मान व्यक्त गर्नेमा संधै अगाडि रहेको मन्तव्यको क्रममा बताउनुभयो ।

गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले मन्तव्य राख्दै ल्होछारलाई २०५१ सालपछि घरघरमा र गाउँगाउँ सम्म पुर्याउने अभियान सुरुवात गर्दै पहिले तामाङहरुको मात्रै पर्व हो भन्ने कुरालाई चिर्दै राष्ट्रिय पर्वको रुपमा स्थापित भैसकेको जनाए । यस बिचमा धेरैको योगदान स्वरुप यस पर्वलाई अहिले राष्ट्रिय रुपमै मनाउन थालिसकेको उनको धारणा थियो । उनले गाउँपालिका भित्रको बिकासका विषय उठाउँदै याङ्लाकोटमा तामाङ संग्राहलय, हगामको पोन्ज्योङ डाँडामा मञ्जुश्री पार्क, सेलाङमा पालिका स्तरीय फुटबल खेल मैदान, जुगल २ को सिन्दुर्जेमा भ्यु पोईन्ट तथा वडा नं. ३ को जुगल फेदमा माउन्टेनेरिङ ट्रेनिङ सेन्टर बनाउने पञ्चवर्षे योजना रहेको बताउनुभयो । उनले ५ वर्षे कार्यकालमा चुनावका बेला गरेका प्रतिबद्धता पूरा गर्ने जनाए ।

त्यस्तै नेपाली काँग्रेस जिल्ला सभापति जंगबहादुर लामाले याङ्लाकोटको उत्थानका लागि जस्तोसुकै सहयोग रहने जनाउनुभयो भनें उपाध्यक्ष हिमाल कुमार श्रेष्ठले पनि गाउँपालिकाको तर्फबाट गर्ने सम्पुर्ण सरसहयोग हुने बताउनुभयो ।

वडा अध्यक्ष रवि लामा (समीर) ले याङ्लाकोटमा बिकास निर्माणका कार्यहरु गर्दै गर्दा गाउँले दाजुभाइ, दिदिबहिनीहरुलाई अप्ठ्यारो पार्न नभै यस गाउँलाई नमुना गाउँको रुपमा विकास गर्ने आफ्नो सपना रहेको सुनाए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो,”याङ्लाकोटलाई आफ्नो ज्यान गए पनि बिकास गर्न छाड्ने छैन।”

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार