चितवन स्थित भरतपुर नगर तामाङ समाजले भोजाडमा सोनाम ल्होछार भव्यताका साथ सम्पन्न

  जन्मभूमि संवाददाता

भरतपुर
चितवनको भरपुर नगर तामाङ समाजद्वारा सोनाम ल्होछार भव्य रुपमा मनाएको छ । २८५९ औं सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान, साँस्कृतिक कार्यक्रम गर्दै सम्पन्न गरेका हुन् । कार्यक्रमको सभापति समाजकि अध्यक्ष पासाङ लामा तामाङले गर्नुभएको हो ।

समाजले भोजाडस्थित छेच्यु थर्पलिङ गुम्बामा भव्य कार्यक्रम गरेर ल्होछार मनाएका हुन् । ख्याति प्राप्त कलाकारहरूको बेजोड प्रस्तुतिमा स्थानीयले नाचेर मनोरन्जन गरेका हुन् ।
भरतपुर गुम्बामा सेलो गायक जेबि जिम्बा, प्रितम गोले, लोक तथा दोहोरी गायक राज लामालगायतका कलाकारहरूले सेलो, सालैजोलगायतका मौलिक गीत गाएर भरपुर मनोरञ्जन दिलाए ।

बीचबीचमा स्थानीय कलाकारहरूको सांस्कृतिक नृत्य हेर्दै मनोरञ्जन लिइरहेका दर्शकसामु जलबहादुर जिम्बाले ‘डान्सिङ’ गीत गाउँदै दर्शक उफारे । ‘देख्छु साह्रै ब्यूटी’, ‘सिंगल हौ कि डबल’, ‘हेर्छौ फेसबुक टिकटक’ जस्ता गीतमार्फत मनोरञ्जन दिलाउने प्रयास गरे ।

गायक राज लामाले ‘पूर्वैै र दिशा घाम लाग्दै आयो’ बोलको सालैजो गीत गाएर सांगीतिक कार्यक्रमको सुरूवात गरे। त्यसपछि ‘जाले रूमाल बैना’ गीत गाएर माहोल तताउने प्रयास गरे ।

सेलो गीतमा स्थापित अर्का गायक प्रितम गोलेले पनि करिब आधा घण्टा गीत गाएर मनोरञ्जन दिलाउने प्रयास गरे । तामाङ भाषा र नेपाली भाषामा मौलिक भाका गाए। ‘हामी त तामाङ हो’, ‘माथि त गुराँसे पाखा’, बाह्रबीसे बजार’, ‘गोजी रि गाँठ मुला’लगायतका गीतमार्फत आफ्नो आवाज सुनाए । साँझसम्म भएको कार्यक्रममा दर्शकले नाचेरै साथ दिए ।

भरतपुर नगर तामाङ समाजकी अध्यक्ष पासाङ लामा तामाङले ल्होछार पर्वकै कारण तामाङ जातिको पहिचान जोगिएको बताइन् । ‘पछिल्लो समय बसाइसराइका कारण लोप हुने अवस्थामा पुगेको भाषा संरक्षण र धर्म परिवर्तनका कारण हराउन लागेको जातीय संस्कृति ल्होछार पर्वले नै बचाएको छ,’ उनी भन्छिन् ।

कार्यक्रममा तीन जना जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो भने प्रमुख अतिथि तथा विशिष्ट लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि भरतपुर वडा नंं ११ का कमल मल्ल रहेका थिए । कार्यक्रममा समाजको पुर्व अध्यक्ष गंगालाल जिम्बा तामाङको विशेष साथ सहयोग रहेको थियो ।

भरतपुरबाहेक चितवन जिल्लामा तामाङ समुदायको बाक्लो बसोबास रहेका अन्य क्षेत्रमा पनि आइतबार धुमधामका साथ सोनाम ल्होछार पर्व मनाएका छन् । एकापसमा भेला भई शुभकामना आदानप्रदान गर्दै ल्होछार पर्व मनाएका हुन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार