भोलि हुने गौरीशंकर सि.पा. कुर्दिस्तान समाजको ल्होछार कार्यक्रमका लागि इराक पुगे चन्द्रकुमार दोङ

  जन्मभूमि संवाददाता

काठमाडौं
यहि जनवरी २० का दिन गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाजद्वारा आयोजना हुन गइरहेको बृहत् ल्होछार कार्यक्रमका लागि नेपालबाट अतिथी कलाकारका रुपमा वरिष्ठ गायक एवं संगितकार चन्द्रकुमार दोङ इराकको कुर्दिस्तान पुग्नु भएको छ । भोलि हुने कार्यक्रमको सम्पुर्ण तयारी सकिसकेको आयोजक संस्थाले जनाएको छ ।

होलि नवराज हल अरविलमा हुने उक्त कार्यक्रमका लागि समि अब्दुल रेहमन पार्क देखि नि:शुल्क बसको व्यवस्थापन गरिएको कार्यक्रम संयोजक तथा उपाध्यक्ष मेघराज लामाले जानकारी दिनुभयो ।

कार्यक्रम अध्यक्ष छेवाङ लामाको सभापतित्व एवं सलम सिं तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछन् । मनोरञ्जनात्मक कार्यक्रमका लागि स्थानीय कलाकारको रुपमा वाङ्छु लामा र सागर शेर्पाको पनि सांगीतिक प्रस्तुति रहने बताईएको छ ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार