दशैं नमान्ने जुगलको हगाममा ५ दिन ल्होछार पर्व मनाउने

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जुगल गाउँपालिकाको वडा नं. ६ स्थित हगाम गाउँमा दशै मान्दैनन् । त्यहाँ वर्षेनी दशैंको साटो तामाङहरुको मुख्य राष्ट्रिय पर्व ल्होछार मान्दै आएको छ । यस्तैमा यो साल पनि हगाम टोल विकास संस्थाको आयोजनामा ५ दिने विभिन्न कार्यक्रम गर्दै मनाउने भएको छ ।

माघ ५ देखि ९ गते सम्मको कार्यक्रमको सुची तयार गरेर भव्य रुपमा ल्होछार मनाउने आयोजकले जनाएका छन् । जसमा ५ गते साविक हगाम गा.वि.स. भरीका विद्यालय स्तरिय भलिबल प्रतियोगिता गर्नेछन् । त्यस्तै क्रमशः
– ६ गते घर लिपपोत, घरआगन सरसफाइ, ग्रहदशा फाल्ने,
– ७ गते लुङ्ता, दर्ज्यु उठाउने, पालिका स्तरिय खान्दोके सेलो प्रतियोगिता गर्ने, ( प्रथम – ३० हजार, दृतिय- २० हजार र तृतीय – १० हजार)
– ८ गते राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट गित संगित, नृत्य प्रस्तुति, भाग्य चिठ्ठा साथै स्थानीय खेलहरुको प्रदर्शन गर्ने, लामा झाँक्रीको झाँकी, डम्फु, टुङ्ना, बज्जे बाजा, बाँसुरी प्रस्तुति, स्थानीय पुराना सामाग्रीहरुको प्रदर्शनी, शुभकामना मन्तव्य तथा पुरस्कार वितरण गरिने ।
– ९ गते टोल विकास सम्बन्धि अन्तरक्रिया सम्पन्न,  कार्यक्रमको समिक्षा, स्थानीय डिजे पार्टी ।

कार्यक्रम “सबैले आफ्नो मौलिक पोषाक लागौं”
“ल्होछार घरघरमा मनाऔं, सांस्कृतिक पर्व ल्होछारको संरक्षण र सम्बर्द्धन गरौं”
जल स्त्री खरायो वर्षको हार्दिक शुभकामना” भन्ने नाराका साथ यो वर्ष मञ्जुश्री सम्वत् २८५९ औं ह्योई ल्हो (खरायो) वर्ग सोनाम ल्होछार मान्न गैरहेको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार