सिन्धु १ मा गठबन्धनका उम्मेदवार जनयुद्धका योद्धा सुबोध विजयी

सिन्धुपाल्चोक १ मा माओवादीबाट युवा उम्मेदवार सुबोध विजयी

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा  सुबोध  विजयी  भएका छन।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुबोध एमालेका सरेश नेपाललाई  ३३५४ मतले  पछि  पार्दै विजयी  भएका हुन। उनले ३०३७४ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्दी नेपालले २७०२० मत प्राप्त गरेका छन् ।

जनयुद्धकालीन राजनीतिबाट हुर्केका ४० वर्षीय उनी पहिलो पटक उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका थिए । उनी जनयुद्धका ज्युँदो योद्धा समेत हुन् । १० वर्षे युद्धकालमा सानै उमेरमा राजनितिक, सामाजिक परिवर्तनका लागि क्रान्तिमा होमिएका सुबोध युवाहरु माझ अनि सिन्धुवासी मतदाता माझ नयाँ उम्मेदवार संगै लोकप्रिय व्यक्तित्व हुनुहुन्छ।

सभामुख अग्निप्रसाद सापकोटाले युवा पुस्तालाई मौका प्रदान गरेपछि पार्टीले उनलाई उम्मेदवार बनाएको थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार