प्रदेशसभा सांसदमा विजय भइन् समाजसेवी मसिना खड्का

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ प्रदेशसभा “क” मा उम्मेदवार बनेकी मसिना खड्का बिजयी हुनुभएको छ । उहाँ व्यक्तिगत रुपमा समाजमा समस्या, पिडा, दुख अनि विपत्तिहरुमा खुलेर सहयोग गर्दै आउनुभएकी एक पात्रको रुपमा परिचित थिईन । भण्डारी लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा नेपाली काँग्रेसबाट उठेकी हुन् । प्रदेशभरको ३३ हजार ८ सय ४५ मतमध्ये खड्काले १४ हजार ६ सय ५२ प्राप्त गरिन् भनें उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका युद्ध बिक्रम तामाङले १३ हजार ४ सय ९० प्राप्त गरेका छन् । दुई प्रतिद्वन्द्वीहरुमा खड्काले ११ सय ६२ मतको अग्रतामा बिजयी भएकी हुन् ।

अहिले दुवै निर्वाचन क्षेत्रको मतगणना भैरहेको छ । प्रतिनिधिसभा क्षेत्र नं. १ मा सरेश नेपाल (सुर्य) ले १५ हजार ४ सय ७२ प्राप्त गरेका छन् भनें हाँसिया हथौड़ाका माधव सापकोटा सुबोधले १५ हजार ३ सय ९४ मत पाएका छन् । नेपालले सापकोटालाई ७८ मतले अग्रता लिरहेका छन् ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ मा नेता मोहनबहादुर बस्नेतले १३ हजार ४ सय ८६ तथा एमालेका शेरबहादुर तामाङले ८२०६ मत प्राप्त भएका छन् । बस्नेतले तामाङलाई ५२८० मतले अग्रता लिरहेको छ ।

प्रदेशसभा “क” तर्फ माओवादीका उम्मेदवार युवराज दुलालले १३,३१८ मत र एमालेका उम्मेदवार अमानसिं तामाङले ८३६६ प्राप्त गरेका छन् । दुलालले तामाङलाई ४,९५२ मतले अग्रता लिरहेका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार