डर लाग्दो धुस्कोटलाई रहर लाग्दो धुस्कोटमा परिवर्तन गराउनेछु बनाउने – सरल सहयात्री पौडेल

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
लोकतान्त्रिक वाम गठबन्धन सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रतिनिधि सभा अन्तर्गत प्रदेश सभा `ख´ चुनावी अभियान तथा मतदाता भेटघाट कार्यक्रम तिब्र रुपमा अगाडी बढिरहेको छ । मंगलबार बलेफि गाउँपालिकाको वडा नं. १,२, ३ र ४ को जलबिरे, कात्तिके, ढकालटोल, बनकाली, खमारे, सिम्ले, नौबिसे, कल्लेरी, फुल्पिङकोट, धुस्कोट, चिलाउने, डाँडागाउँ र मेलडाँडा लगायत विभिन्न टोलमा सम्पन्न भएको छ । यसै सिलसिलामा प्रदेश सभा “ख” का उम्मेदवार सरल सहयात्री पौडेलले धुस्कोट कोणसभालाई सम्बोधन गर्नुभएको छ । सत प्रतिशत तामाङ बस्ती रहेको धुस्कोट गाउँलाई डर लाग्दो धुस्कोटबाट रहर लाग्दो धुस्कोटको रुपमा परिवर्तन गराउन उहाँले अभियान नै थाल्ने तर्क राख्नुभयो । नेता पौडेलले भन्नुभयो, “यहाँको भौगोलिक स्वरुप हेर्दा र हजारौं खेतियोग्य जमिन देख्दा साँच्चै धुस्कोट परिवर्तन हुन समय लाग्दैन, तसर्थ यो राम्रो ठाउँलाई छिटै सबैको नजरमा पर्ने ठाउँको रुपमा परिवर्तन गराउन सबै मिलेर अघि बढ्न जरुरी छ ।”

अभियानको क्रममा लोकतान्त्रिक वाम गठबन्धनको केन्द्र, प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका र वडास्तरिय नेता कार्यकर्हरूको बाक्लो उपस्थिति रहेको थियो।

नेपाली कांग्रेसको तर्फबाट आफ्नो भनाइ राख्ने क्रममा प्रतिनिधि सभा क्षेत्रीय सचिव कृष्णप्रसाद आचार्य, प्रदेशसभा क्षेत्रीय सभापति देवेन्द्र खड्का, सिन्धु काठमाडौं सम्पर्क समितिको सभापति सुवास तिमल्सिना र बलेफि गाँउपालिका सभापति रामकुमार लामाले साझा रूपमा आफुहरू गठबन्धनको जितका लागि प्रतिबद्ध रहेको र मंसिर ४ गते सम्पन्न हुन गैरहेको संघ र प्रदेशको निर्वाचनमा प्रत्येक्षमा चुनाव चिन्ह नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनमोर्चाका लागि गोलाकार भित्रको हसिया हथौड़ा रहेको बताउनुभयो साथै समानुपातिकमा आफ्नो आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गर्न आव्हान गर्नुभयो।

जनताको बिचमा प्रतिबद्धता गर्ने क्रममा आफू चुनाव जितेपछि कुनै पनि पार्टी विशेषको मात्र नभइ सबै मतदाता र पार्टीको साझा प्रतिनिधि भएर विकास निर्माण र जनताको काम गर्ने प्रतिबद्धता गर्नुभयो।भौतिक निर्माणका कामहरूमा प्राथमिकता निर्धारण गरि मुख्य सडक र कृषि सडक लगायत अन्य संरचनाको काम गर्ने बताउनुभयो साथै हरेक योजनाको कामका लागि वडा, पालिका, प्रदेश र संघसँग समन्वय गरि संस्थागत र दिगो हुने योजना निर्माण गर्ने बताउनुभयो।

समाज परिवर्तनको लागि आजको प्रमुख आवश्यकता भनेको शिक्षा र सस्कृति हो। हरेक समुदायले आफ्नो परम्परा संस्कृति झल्कने समाजको निर्माण, समाजको चेतनास्तरमा वृद्धि नगरीकन विकसित समाज बन्न नसक्ने बताउनुभयो र हरेक समाजलाई पर्यटन प्रवर्द्धनसँग जोड्नका लागि पनि यी कुरा आवश्यक रहेको बताउनुभयो। शिक्षा सुधार एक बर्षमा सम्भावना नरहेकाले कम्तिमा १० बर्षको योजना बनाएर काठमाडौंका महंगो विद्यालयमा पढ्ने र गाँउको सामान्य विद्यालयमा पढ्ने विद्यार्थीको स्तर उस्तै बनाउन पर्नि आजको चुनौती हो र यसको लागि काम गर्ने आफ्नो प्रमुख योजना रहेको र यी सबै विषयमा काम गर्न आफुलाइ तयार पारेर उम्मेदवारी दिएको बताउनुभयो।

आफ्नो राजनीतिक यात्रालाई अघि बढाउने क्रममा देखेका सपनाहरू र दस बर्षे जनयुद्धमा गुमाएका साथिहरूको सपना पूरा गर्न आफू शासक नभई सेवकको रूपमा जनताको दैनिकमा आइपर्ने समस्याको सहयात्री बन्दै जनताको साथी बन्न आफू तयार रहेको र अरूको बिरोध गरेर होइन आफ्नो योजना जनतामाझ पुर्याएर मत मागेको छु जनताले गर्नुभएको प्रश्नको उत्तर दिदै समास्या समाधान गर्न प्रतिबद्ध रहेकोले आम मतदाले आफुलाई मतदान गर्नुपर्ने बताउनुभयो।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार