
काठमाडौं
बाम लोकतान्त्रिक गठबन्धन सिन्धुपाल्चोक – काठमाडौ सम्पर्क समितिको आयोजनामा मतदाता तथा कार्यकर्ता भेटघाट बृहत भेला हुने भएको छ । उक्त कार्यक्रम कार्तिक १३ गते आइतबार नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा हुने आयोजक समितीका सभापति सुबास तिमल्सिनाले जानकारी दिनुभयो ।
मंसिर ४ गते हुन गइरहेको निर्वाचनलाई केन्द्रित गरेर सिन्धुपाल्चोक स्थायी घर भै काठमाडौंमा विभिन्न पेशा, व्यवसाय गरिरहेका मतदाताहरुलाई लक्षित गरेर सो भेला आयोजना गर्न गइरहेको युवा नेता तिमल्सिनाले जन्मभूमि पोष्ट संग बताउनुभयो । हाम्रो भेलाको उद्देश्य भनेंको काठमाडौंमा रहनुहुने मतदाताहरुको जिज्ञासा र बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार हुनुभएका उम्मेदवारहरुको प्रतिबद्धता सहितको भेला हुनेछ, उहाँले भन्नुभयो ।
कार्यक्रमको समय बिहान ११ बजे सम्बन्धित सबैमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ ।