बलेफीमा टोलटोलबाट भत्ता, जनप्रतिनिधि भन्छन्,”चुनावी प्रतिबद्धता अनुसार काम गर्दैछौं”

आफुहरुले चुनेको नयाँ जनप्रतिनिधि आएपछि टोलटोलमै भत्ता पाउँदा सेवाग्राही जनताहरु निकै खुशी देखिन्छन् ।

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
बलेफी गाउँपालिकाले टोलटोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । यसै अनुरुप आज वडा नं. ३ को विभिन्न टोलहरु केन्द्र तोकेरै भत्ता वितरण गरेका छन् । भौगोलिक रुममा पनि यो वडा अरु भन्दा विकट रहेको छ । यस अघि सुरक्षा भत्ताको खाता रहेको बैंकले टोलटोलमै पुगेर सेवा दिन नसकेपछि सिन्धु विकास बैंक मार्फत सेवाग्राहीहरुलाई भत्ता दिन सुचारु गरेको वडा अध्यक्ष रितेश तामाङले जन्मभूमि पोष्टलाई जनाए ।

वडा अध्यक्ष तामाङका अनुसार जेष्ठ नागरिक, अपांग र एकल महिलाहरुलाई भत्ता लिन घण्टौको उकालो ओरालो गर्नुपर्ने, बैंक सम्म धाउनुपर्ने र लाईन बस्नुपर्ने कठिन झन्झटबाट अब मुक्त गर्न निरन्तरता दिने बताउँछन् । सामाजिक सुरक्षा भत्ता लिनकै लागि हरेक पल्ट गाउँ देखि बजारको बैंक सम्म धाउँदा विभिन्न समस्या भोग्नुपरेको जनगुनासो आएपछि यस्तो कार्यक्रमको सुरुवात गरेको अध्यक्ष तामाङको भनाई छ ।

“चुनावी प्रतिबद्धता अनुसार काम गर्दैछौं” उपाध्यक्ष सरु लामा तामाङ ।

गाउँपालिकाका उपाध्यक्ष सरु लामा तामाङ पनि भत्ता वितरण कार्यमा अहोरात्र खटिँदै आएका छन् । उनका अनुसार नयाँ जनप्रतिनिधि भएर आउँदै गर्दा आफू र आफ्नो टिमले भोट माग्दाको क्षण सम्झिएको बताउँछन् । “हामीले विशेष गरि चुनावका बेला जेष्ठ नागरिक र अपांगहरु भत्ता लिन जाँदाको क्षणमा भोग्दै आएको अत्यन्तै कठिन र पिडादायी अवस्थालाई मध्यनजर गर्दै जित्ने बित्तिकै पहिलो प्रतिबद्धता स्वरुप टोलटोलमा भत्ता बाँड्छौं” भनेंका थियौं, जुन अनुरुप सो प्रतिबद्धता पूरा गरें ।”

त्यस्तै, “जनताको सबैभन्दा नजिकको सरकार भनेंकै स्थानीय सरकार हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले जनताको अप्ठ्यारो, गुनासो र समस्याहरु नजिकबाट बुझ्न पनि यस्तो कार्यले निकै ठूलो योगदान पुर्याएको महशुस गरेको छु । उहाँहरुले नै भोट दिएर जिताएको हामी जनप्रतिनिधिहरुको यो मुख्य जिम्मेवारी र दायित्व पनि हो ।”

टोलवस्तीहरुमै सामाजिक सुरक्षा भत्ता पुर्याउँदा जनताहरुमा रहेको गुनासो र समस्याहरु नजिकैबाट बुझ्न पाउने भएकोले जनता र जनप्रतिनिधि बिचको सम्बन्ध अझ मजबुत समेत हुने उनको धारणा छ ।

उपाध्यक्ष तामाङका अनुसार बलेफी गाउँपालिकाका प्रत्येक वडाहरुमा टोलटोलबाट भत्ता वितरणको कार्य थालनी भएको जनाए । हरेक वडाहरुमा निर्वाचित जनप्रतिनिधि, प्रहरी र बैंकका कर्मचारीको टिम सहित यो कार्यक्रममा लाग्दै आएको उनले बताए । यसरी टोलवस्तीहरुमै भत्ता पुर्याउँदा जनताहरुमा रहेको गुनासो र समस्याहरु नजिकैबाट बुझ्न पाउने भएकोले जनता र जनप्रतिनिधि बिचको सम्बन्ध अझ मजबुत समेत हुने उनको धारणा छ ।

आफ्नै टोलबाटै भत्ता पाएपछि सेवाग्राहीहरु निकै खुशी देखिएका छन् । बिशेषता जेष्ठ नागरिक र अशक्त अवस्थाका सेवाग्राहीहरुलाई कयौं गुणा सजिलो, सहज र सरल भएको देखिन्छ । यस्तो सकारात्मक कार्यले साँच्चै नै “गाउँ गाउँमा सिंहदरबार” भन्ने नारालाई सार्थकता दिन निकै महत्वपूर्ण भुमिका खेल्नेछन् । यस्तो कार्यको हरेक स्थानीय तहले अनुसरण गर्न जरुरी देखिन्छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार