सिन्धुपाल्चोक
तामाङ राष्ट्रिय मुक्ति मोर्चा सिन्धुपाल्चोकको जिल्ला अध्यक्षमा रेशम स्याङ्बो चयन भएका छन् । शुक्रबार सम्पन्न जिल्ला अधिवेशनबाट स्याङ्बो निर्वाचित भएको हो । भेलाले अध्यक्ष स्याङ्बोलाई नेकपा माओवादी केन्द्र निकट जातीय मोर्चाको संगठनका अध्यक्षमा चुनिएका हुन् ।
उनी जुगल गाउँपालिका अध्यक्ष एवं नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष समेत हुन् । उनको नेतृत्वमा उपाध्यक्षहरुमा बीरमान तामाङ, कृष्णजंग तामाङ, तिर्थ वाइबा तामाङ, परिमाया तामाङ चयन भएका छन् भनें सचिवमा कालिप्रसाद लामा, सहसचिवमा फुर्वा तामाङ र गणेशबहादुर तामाङ चयन भएका छन् ।