नेता बस्नेतद्वारा मुख्य मन्त्रीलाई आग्रह, “हेलम्बु-मेलम्ची क्षेत्रलाई तत्काल १० करोड विनियोजन गरियोस्”

  प्रीतम कुमार तामाङ

मकवानपुर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेटवार्ता गरेका छन् । मंगलबार मुख्य मन्त्रीको कार्यकक्षमा भएको भेटवार्तामा नेता बस्नेतले सिन्धुपाल्चोकका बाढीपहिरो पीडित तथा भत्किाएका संरचना पुनर्निर्माण र बाढीपहिरो रोकथामका विषयमा विशेष चासो लिन आग्रह गरेका छन् ।

बस्नेतले मुख्य मन्त्री पाण्डेलाई मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिका क्षेत्रको बाढीपहिरो नियन्त्रणका लागि तत्कालका लागि १० करोड बजेट विनियोजन गराउन विशेष आग्रह गर्नुभएको छ । त्यस्तै उनले सिन्धुपाल्चोक जिल्लाको समग्र विकासका विषयमा छलफल गर्दै प्रदेश सरकारको तर्फबाट चासो दिन ध्यानाकर्षण गराउनुभएको छ ।

यति मात्र नभै काँग्रेस नेता बस्नेतले क्षेत्र नं. १ अन्तर्गत बाह्रबिसे, भोटेकोशी, त्रिपुरासुन्दरी, सुनकोशी, बलेफी, चौतारा साँगाचोकगढी, जुगल लगायतका पालिकाहरुका विषयमा पनि उनले कुरा उठाएका छन् ।

सोही भेटवार्तामा मुख्यमन्त्री पाण्डेले तत्काल ४ करोड बजेट सो क्षेत्रमा गइसकेको र बाँकी १० करोड तुरुन्त कार्यान्वयन गर्नका लागि पनि सम्बन्धित निकायलाई निर्देशन दिनुका साथै थप बजेट निकासा गर्ने प्रतिवद्धता दिएका छन् । साथै उहाँले अन्य क्षेत्रका लागि पनि आवश्यक बजेट विनियोजन गर्ने जनाउनुभयो ।

मुख्यमन्त्री पाण्डे र नेता बस्नेतबीच भएको भेटवार्तामा आर्थिक मामिलामन्त्री शालिकराम जमरकट्टेल, बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौला, खानेपानी मन्त्रालयका सचिव मोहनकुमार शाक्यको उपस्थिति रहेको थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार