दु:खद खबर – मेलम्चीमा करेन्ट लागेर ३९ वर्षीय गुरागाईँको मृत्यु

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
ट्रान्सफरमर मर्मत गर्ने क्रममा करेन्ट लागेर मेलम्ची १३ फट्कशिलामा ३९ वर्षीय ईश्वर गुरागाईँको मृत्यु भएको खबर प्राप्त भएको छ । उनी विद्युत् मर्मत गर्ने क्रममा ट्रान्सफर्मरको डिओ फुटेर करेन्ट लाग्दा मृत्युु भएको प्रत्यक्षदर्शीले बताए ।

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीका अनुसार गुरागाईँ नेपाल विद्युत् प्राधिकरण मेलम्ची हेलम्बु वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कर्मचारी हुन् । करेन्ट लागी बेहोस उनलाई उपचारका लागी धुलिखेल लगिएको र उनको उपचारका क्रममा दिउँसो करिब ३ बजेको समय मृत्यु भएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार