१०९ औं वि.पी. जयन्तीको अवसरमा सिन्धुपाल्चोक तरुण दलद्वारा वृद्ध आश्रमलाई खाद्यान्न सहयोग

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक सदरमुकाम स्थित चौतारा वृद्दाश्रम सेवा समाजमा रहेका १२ वृद्धवृद्दाहरुलाई पौष्टिक आहार युक्त खाद्यान्न सहयोग गरेको छ । नेपाल तरुण दल सिन्धुपाल्चोकले उक्त सहयोग गरेका हुन् । उक्त सहयोग कार्यक्रममा तरुण दलका जिल्ला उपाध्यक्ष दावा जाङ्बु शेर्पा, युवा नेता एवं तरुण नेता फुर्वा ग्याल्बो मोक्तान (थुप्तेन), युवा नेता लालकाजी तामाङ, तरुण नेताहरु छिरिङ लामा, बले शेर्पा लगायत आश्रममा पुग्नुभएको थियो ।

महामानव वि.पी. कोइरालाको १०९ औं जन्म जयन्तीको अवसर पारी उहाँको स्मरणमा तरुण दल केन्द्रले केही न केही सामाजिक कार्य गर्न परिपत्र गरे अनुसार सो कार्य गरिएको उपाध्यक्ष शेर्पाले जनाए ।

त्यस्तै सिन्धु तरुण हरेक किसिमका सामाजिक कार्यमा हिजो, आज र भोलि निरन्तर लागिरहने तरुण नेता थुप्तेन लामाको भनाइ छ । आश्रममा रहनुभएका १२ वृद्धवृद्दाहरुलाई हर्लिक्स, अण्डा र अन्य पौष्टिक खानेकुरा वितरण गर्नुभएको उहाँले बताउनुभयो ।

खाद्यान्न पाएपछि सहभागी सम्पुर्णलाई खुशी हुँदै वृद्धवृद्दाहरुले धन्यवाद अनि आशिर्वाद दिनुभएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार