सिन्धुपाल्चोक
प्राण घातक रोग ब्लड क्यान्सर सँग लड्दै गरेकी सिन्धुपाल्चोक, बलेफी १ जलबिरेकी सुनिता श्रेष्ठलाई नगद सहयोग गरेका छन् । श्रेष्ठको उपचारमा थोरै भएपनि सहयोग पुगोस् र अरुले पनि सहयोग गरियोस् भन्ने उद्देश्यका साथ UB snooker & Food Land का संचालक संकल्प लामा दम्पती बाट छोरा बिप्लव लामाको जन्म दिनको अवसर पारी नगद ५००० हजार सहयोग गरेका हुन् ।
सहयोगी लामाका अनुसार उपचार खर्चको अभावमा रहेकी श्रेष्ठलाई सबैले सकेको सहयोग गर्न अपिल समेत गर्नुभएको छ । लामाले यस अघिपनी यस्तै सामाजिक कार्यहरुमा सहयोग गर्दै आएका छन् ।