दशैं नजिकिँदै गर्दा हुन सक्ने अपराधिक घटना बारे बौद्ध प्रहरी र पत्रकारहरु बिच अन्तर्कृया

"लागूऔषध र अपराधमा शून्य सहनशीलता" अभियानमा थालेको बौद्ध प्रहरी प्रमुख हरि बस्नेतले बताउनुभयो ।

  प्रीतम कुमार तामाङ

काठमाडौं
प्रहरी वृत्त बौद्धले दशैं नजिकिँदै गर्दा विभिन्न मिडियाका पत्रकारहरु संग अन्तर्कृया कार्यक्रम गरेको छ । प्रहरी प्रमुख हरि बस्नेतको कार्यकक्षमा गरिएको छोटो अन्तर्कृयामा चाडपर्व नजिक हुन सक्ने विभिन्न आपराधिक गतिविधि, त्यस्ता घटना हुनसक्ने स्थान, घटनाको प्रबृत्ति बारे पत्रकारहरुले सरसल्लाह, सुझाव दिएका छन् ।

जसमा बौद्ध प्रहरीको क्षेत्रधिकार भित्र पर्ने स्थानहरुमा भैरहेको गैरकानुनी क्रियाकलाप, लागूऔषध दुर्ब्यसनीहरुको अवस्थाका बारेमा समेत जानकारी लिनेदिने कार्य भएको छ । बौद्ध प्रहरी प्रमुख बस्नेतले आफुले नेतृत्व लिएदेखी हरेक किसिमका अपराधमा शून्य सहनशीलता अपनाउँदै आएको बताउनुभयो ।

उहाँले कार्यभार सम्हालेदेखि अहिले सम्ममा अपराध रोकथाम र कारबाही गरेका विषयमा समेत जानकारी दिनुभयो । बस्नेतका अनुसार हाल सबैभन्दा प्रहरीका लागि लागूऔषध दुर्व्यसनीमा फसेका सानो उमेरका युवायुवतीहरुलाई जोगाउनु चुनौतीपुर्ण रहेको बताए । यो समस्या हाल देशव्यापी रुपमा फैलिरहेको उहाँको भनाइ छ । यसलाई चाँडोभन्दा चाँडो स्थानीय सरकारले समेत चासो दिएमा प्रहरीको साथ सहयोग रहने र त्यसलाई कम गराउन सक्ने बताउनुभयो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार