आर्थिक हिनामिनाको आरोपमा सामाजिक एकता पार्टीका अध्यक्ष गहतराज निलम्बीत

  जन्मभूमि संवाददाता

काठमाण्डौँ
सामाजिक एकता पार्टीका अध्यक्ष चरी बहादुर गहतराजलाई आर्थिक अनियमितताको आरोपमा पार्टीबाट निलम्बन गरिएको छ । अध्यक्ष गहतराजलाई विगत केही समय यता देखि गैडाँकोट ग्रेस चर्चको जग्गा खरीदमा आर्थिक अपचलन गरेको र पार्टी हित विपरित कार्य गरेको आरोप लाग्दै आएको थियो । सो विषयमा आवश्यक छानबिन गर्न समिती समेत गठन भएको छ ।

पार्टी उपाध्यक्ष चन्द्रमाया श्रेष्ठको अध्यक्षतामा बसेको बहुमत पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकले नवलपरासीको गैडाँकोट ग्रेस चर्चको जग्गा खरीदमा अध्यक्ष स्वयमको संलग्नतामा आर्थिक अपचलनका विषयमा विभिन्न मिडियामा प्रकाशित समाचार र सामाजिक संजाल तथा युटुयुवमा प्रसारित सामाग्रीबारे जनस्तरबाटै व्यापक गुनासो आएपछि छानवीनका लागि पार्टीबाट निलम्बन गरिएको सामाजिक एकता पार्टीका वरिष्ठ उपाध्यक्ष थलु प्रसाद खतिवटा (रोशन)ले जानकारी दिए ।

अध्यक्षले गहतराजले पार्टीलाई आफू खुशी चलाएको, बहुमत केन्द्रीय सदस्यले गरेको निर्णयलाई कार्यान्वयन गर्न ईन्कार गरेको र सार्वजाननिक पद धारण गरेका व्यक्तिले आम जनताको आरोप खेप्नु, पार्टीलाई लोकतान्त्रिक तरिकाले नचलाई पार्टीको गरिमामाथि आँच आउने काम गर्नु नियम संगत नभएको भन्दै छानवीन अवधिभर निलम्बन गरिएको खतिवडाले बताए ।

उनले भने, अध्यक्ष गहतराजले गरेको आर्थिक अनियमितता र पार्टी अनुशासनहीन कार्यको बिषयमा छानवीन गर्न पार्टी कोषाध्यक्ष देवीलाल प्रसाईकोे संयोजकत्वमा ३ सदस्यीय छानवीन समिति गठन गरिएको छ । यता अध्यक्ष गहतराजले आफूलाई निलम्बन गरिएको बारे कुनै जानकारी नभएको र कुनै आर्थिक अनियमितता तथा पार्टीको नियम भन्दा बाहिर नगएको दाबी गरेका छन ।

जनजागरण पार्टीका अध्यक्ष डा. वि.पी. खनालले भने यसलाई अर्को नाटकको संज्ञा दिएका छन् । उनले सामाजिक संजालमा यसो भन्दै लेखेका छन्, “अर्को नाटकमञ्चन शुरू भएको आशंका गर्न मिल्छ । अपचलन भएको भए त पार्टीबाट बर्खास्त गर्थे । अहिले चुनावमा साखिलो बन्ने चाल, भोलि पार्टीमा स्वागत गर्छन् ।”

पार्टीबाट निलम्बीत भइसकेपछि आगामी दिनको राजनीतिलाई निरन्तरता दिन अध्यक्ष गहतराजलाई चुनौती रहेको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार