धावावाङ्गेल मोक्तान पुनः तम्बा संघको अध्यक्षमा निर्वाचित

  प्रीतम कुमार तामाङ

काठमाडौं
तम्बा संघ नेपालको नयाँ कार्यसमितिमा पुनः धावावाङ्गेल मोक्तान निर्वाचित भएका छन् । शनिवार काठमाडौँ स्थित तामाङ गुम्बा (छ्योर्तेन टासी तामाङ गुम्बा) को सभा हलमा दसौँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न गर्दै नयाँ कार्य समिति चयन गरेका हुन् ।

यस्तै वरिष्ठ उपाध्यद्वय वीरबहादुर घिसिङ र सत्तलसिंह योन्जन निर्वाचित भएका छन् । उपाध्यक्षद्वय कृतधावा घिसिङ र कुमारी योन्जन चयन भएका छन् ।

यसै गरी महासचिवमा खोजराज गोले‚ सचिव महावीर लामा‚ सहसचिव बलबहादुर घिसिङ‚ कोषाध्यक्ष मिङ्मार मोक्तान र सह कोषाध्यक्ष सोमबहादुर मोक्तान रहेका छन् ।

यस्तै सदस्यहरू विष्णुकुमारी मोक्तान, डोल्मा लामा‚ पेमा मोक्तान‚ दोर्जे मोक्तान, कुमार मोक्तान‚ भीमबहादुर थिङ‚ इमान वाइबा‚ सुनिल मोक्तान‚ मङ्गलसिंह मोक्तान चयन भएका छन् ।

यसै गरी अमृतबाबु मोक्तान‚ पन्चबहादुर ग्यावक‚ कमलकृष्ण घिसिङ‚ पेमाकुमारी तामाङ‚ दिलबहादुर वाइबा र मनकुमारी पाख्रिन छन् ।

साधारण सभामा पूर्व राजदूत डा. गणेश योन्जन‚ पूर्वमन्त्री दावा तामाङ, राजनीतिक विश्लेषक बुद्वछिरिङ मोक्तान‚ गायक चन्द्रकुमार मोक्तान‚ लेखक प्रताप बल तामाङ लगायतको उपस्थिति रहेका छन् ।

संघको ओखलढुंगा, रामेछाप, दोलखा, धनकुटा‚ सुनसरी‚ सिन्धुपाल्चोक‚ मकवानपुर लगायत जिल्ला शाखा छन् भने सोही जिल्लाका गाउँपालिकाहरू पनि तम्बाखोर संस्था गठन गरिसकेका छन् ।

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार