परिवारवाद हावी भएको भन्दै सिन्धु माओवादी केन्द्रमा ठूलै भुकम्प जाने, पुर्व मेयर सहित दर्जनौंले त्याग्दै

अमानसिं तामाङ चौतारा नगरपालिकाका पुर्वमेयर एवं माओवादी सिन्धुपाल्चोकका वरिष्ठ नेता समेत हुन् ।

  प्रीतम कुमार तामाङ

काठमाडौं
अमानसिं तामाङ माओवादी सिन्धुपाल्चोकमा वरिष्ठ नेताका रुपमा चिनिन्छन् । तामाङले माओवादी विद्रोहका बेला गरेको योगदान निकै ठूलो छ । उनी गत २०७४ सालको चुनावमा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयरमा निर्वाचित समेत हुन् । पुर्वमेयर तामाङले नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गर्ने तयारी गरेको श्रोतले जनाएको छ ।

यसकारण उनले माओवादी केन्द्र त्याग्दै ;
गएको बैशाख ३० गतेको चुनावमा पुनः एकपल्ट मेयरमा उठ्ने इच्छा जनाएका तामाङको टिकट सभामुख अग्नि सापकोटाका भाई कृष्णप्रसाद सापकोटाले खोसिएको आरोप लगाउँदै आएको छ । त्यसपछि लगत्तै माओवादी केन्द्रबाट टिकट नपाउने अवस्था देखिएपछि उनी त्यतिबेलै एमालेबाट टिकट ल्याउन लागेको समेत हल्ला फैलिएको थियो । तर पछि पार्टीको हाइकमाण्डबाटै उनैलाई टिकट दिने भनेंर सहमति भएपनि पछि धोका दिएको कारण पनि उनले पार्टी त्याग्ने अन्तिम उपाय अपनाएको देखिन्छ । त्यस्तै सिन्धुपाल्चोकको माओवादी केन्द्रका एक नेताका अनुसार पार्टीमा सापकोटावाद हावी भै एउटा परिवारको वरिपरि मात्र संगठन चल्ने स्थिति देखेपछि धेरै नेताकार्यकर्ताहरुले माओवादी छाड्ने देखिएको बताउँछन् ।

त्यस्तै भर्खरै पार्टीले जिम्मेवारी बाँडफाँड गर्ने क्रममा उनको कुनै मुल्यांकन नभएको र माओवादी पार्टी व्यक्तिवाद र स्वार्थ केन्दित भएको उनको आरोप छ । तामाङ सहितका दर्जनौं माओवादी केन्द्र निकट सिन्धुपाल्चोकका नेताहरु सोमबार दिउँसो १ बजे एमाले पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपि शर्मा ओलिद्वारा प्रवेश गराउने कार्यक्रम रहेको जनाएको छ । यसबारेमा एमाले शीर्ष नेतृत्वहरु संग प्रवेश कार्यक्रमबारे छलफल भइरहेको उनी निकट श्रोतले जनाएका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार