औंठी साटासाट गरेको केही महिना नबित्दै मेलिना र सञ्जीवको इन्गेजमेन्ट तोडियो !

गायिका मेलिना राईले प्रेमी सञ्जिब संगको इन्गेजमेन्ट तोडेको घोषणा !

  प्रीतम कुमार तामाङ

काठमाडौं
चर्चित गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइली संगको इन्गेजमेन्ट तोडेको बताएकी छिन् । राईले आफ्नो समाजिक संजाल फेसबुक मार्फत सो कुरा जानकारी दिएका हुन् । उनिहरु बीचको प्रेम सम्बन्ध केही महिना अघि औंठी साटासाट भएदेखी छताछुल्ल भएको थियो । तर छोटो समयमै के कारणले उनीहरुको सम्बन्धमा दरार आए ? त्यो भनें अनुमान लगाउन मात्र सकिन्छ ।

मेलिना राईले आफ्नो फेसबुकमा लेखिएको स्टाटस जस्ताको त्यस्तै साभार ;

बिषय – Engagement तोडिएको जानकारी !

केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।
फेरि सबै engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको engagement तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु । 🙏

फेसबुकमा लेखिएको स्टाटस

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार