भाद्र ३ गते लामोसाँघुमा रोपाइँ जात्रा तथा लाखे नाच हुने, सबैमा निम्तो !

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
स्थानीय संस्कृतिको रुपमा नेवार समुदायमा प्रचलित रोपाइँ जात्रा र लाखे नाच हुने भएको छ । बलेफी गाउँपालिकाको वडा नं. ८ लामोसाँघुमा यहि आउँदो भाद्र ३ गते श्रीकृष्ण जन्माष्टमीको दिन कार्यक्रम हुने आयोजक संस्कृति तथा वातावरण मंच लामोसाँघुले जनाएको छ ।

कार्यक्रममा रोपाइँ जात्रा संगै हास्य प्रहसन, मच्छे गाउँ किर्तिपुरको लाखे नाच प्रदर्शन, राधाकृष्ण प्रदर्शनी, अन्य मनोरञ्जनात्मक कार्यक्रम सहित लामोसाँघु बजार परिक्रमा गर्ने जनाएको छ । साथै सोही दिन बेलुकी ६ बजे पश्चात् कृष्णाष्टमी व्रत र पुजा आरम्भ भई लाखे नाच प्रस्तुत हुनेछन् ।

उक्त कार्यक्रमको संरक्षक लामोसाँघु भ्याली समाज काठमाडौं र विशेष सहयोगी संस्थाको रुपमा युथ स्पोर्ट्स क्लब लामोसाँघु रहेको छ । आयोजकले सम्पुर्णमा कार्यक्रम भव्य एवं सभ्य बनाउन उपस्थिति जनाउनका लागि निमन्त्रणा गरिएको छ । त्यस्तै आयोजकका अनुसार हराउँदै गएको हाम्रो परापुर्वकाल देखि चल्दै आएको सांस्कृतिक, परम्परागत संस्कृति जगेर्ना गर्ने मुल उद्देश्य लिएर कार्यक्रम गर्न गैरहेको बताउनुभएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार