सिन्धु विकास बैंकलाई बागमती प्रदेशकै उत्कृष्ट विकास बैंक बनाउने छौँ – अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ

बाह्रौं साधारण सभा पश्चात् सिन्धु विकास बैंक मर्जरमा जाने बाटो खुलेको छ ।

  प्रीतम कुमार तामाङ

काठमाडौं
सिन्धु विकास बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बागमती प्रदेशकै उत्कृष्ट विकास बैंक बनाउने रणनीति बनाईसकेको जनाएका छन् । उनले गत शुक्रबार धुलिखेलमा सम्पन्न बाह्रौं वार्षिक साधारण सभामा बोल्नुहुँदै सिन्धु विकास बैंक प्रदेश कै अग्रणी विकास बैंकको रुपमा लैजानका लागि गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्दै बैंकको लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीतिहरु लिईने बताएका  थिए ।

साथै साधारण सभा पश्चात् यस बैंककाे मर्जरमा जाने बाटाे समेत खुलेकाे छ । बैंककाे बाह्रौं बार्षिक साधारण सभाले मर्जर तथा एक्विजिसनमा जाने सम्बन्धी प्रस्तावहरु पारित गरेसँगैं बैंककाे मर्जरमा जाने बाटाे खुलेकाे हाे ।

सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंकले हाल सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर जिल्लामा समेत गरी कुल २५ शाखा र १ सिमित बैकिङ्ग ईकाई गरी कुल २६ स्थानहरुबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।

सभाले सर्वसाधारण समुहको तर्फबाट आगामी ४ वर्षका लागी संचालकहरुमा संजिव प्रधान, समिर कक्षपति र वसन्त कुमार कटुवाललाई निर्विरोध निर्वाचित गरेकाे छ । यसका साथै सभाले आ.ब. ०७७/०७८ को वार्षिक प्रतिवेदन पनि पारित गरेकाे छ ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार