पहिरो सडकमा झरेपछि तत्काल हटाउन वडा अध्यक्ष रवि लामा फिल्डमा डोजर लिएर पुगे

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक, याङ्लाकोट
जुगल गाउँपालिका वडा नं. ७ स्थित सेर्माथान भिर (फुडाँडा) भन्ने ठाउँमा ठूलो पहिरो झरेको छ । आज बिहान करिब ११ बजे तिर खसेको पहिरोले जुगल याङ्लाकोट आउजाउ हुने बाटो अवरोध भएपछि सवारी साधान सबै रोकिएको थियो ।

यसको बारेमा वडा अध्यक्ष रवि लामाले थाहा हुन साथ स्काईभेटर लिएर घटना स्थलमा पुग्नुभएको छ । तत्काल सो पहिरो हटाउँदै रोकिएको बाटो खुलाउने प्रयास गरिरहेको उहाँले जन्मभूमि पोष्टलाई बताए । अध्यक्ष लामाका अनुसार पहिरो निकै ठूलो खसेकोले हटाउन निकै समय लागेको सुनाए । अहिले लगभग पहिरो हटाईसकेको र दैनिक सन्चालन हुँदै आएको सर्बजनिक बस समेत पार गरेको उनले जानकारी दिनुभयो ।

“यो भिरमा संधै जसो मनसुनको समयमा पहिरो खसिराख्ने भएकोले यसले आवतजावतमा निकै कठिनाइ भैरहेको छ” अध्यक्ष लामाले सुनाउनुभयो । यसरी अचानक पहिरो खस्दा गाउँमा कहिलेकाही अचानक गारोसारो पर्दा भनें समस्या आउन सक्ने स्थित रहेको उनको भनाइ छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार