नवलपुर अस्पतालका डा. पाण्डेय माथी हातपात, कारबाही नभए सम्म सेवा अवरुद्ध गरिने

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
इन्द्रावती गाउँपालिका स्थित नवलपुर अस्पतालका प्रमुख डा. धर्मेन्द्र पाण्डेय माथी अभद्र व्यवहार, गाली गलौच एवं हातपात भएको छ । उनि माथी पुर्व एम्बुलेन्स चालक चुन बहादुर रानामगरले बिरामी जाँच्ने कक्षमै छिरेर यस्तो हर्कत गरेका हुन् ।

सोमवार दिउँसाे १२:३५ बजेकाे समयमा उनिमाथी हातपात भएकाे हाे । यसरी एउटा संवेदनशील स्थानमा गै हातपात गरेपछि अस्पताल द्वारा बिज्ञप्ती जारी गरेका छन् ।

उक्त दोशी व्यक्तिलाई कारवाही गरी छानबिन नहुन्जेल सम्मको लागी नवलपुर प्राथमिक अस्पताल बाट प्रवाह हुने आकस्मिक सेवा बाहेकका सबै सेवा अनिश्चितकाल सम्म को लागी बन्द रहने बिज्ञप्ती मार्फत अस्पतालले जानकारी गराएकाे छ ।

ती हातपात गर्ने ब्यक्ति अहिले फरार रहेका छन । इलाका प्रहरी कार्यालय नवलपुरका सई कुमार चाैलागाईकाे टाेली बाहुनेपाटी सम्म पुग्दा समेत हातपात गरि फरार ब्यक्ति नभेटिएकाे बताईएकाे छ ।

“नाकमा हान्न खाेजेकाे थियाे म छलिएँ, दाहिने कन्चटमा लागेकाे छ”, डाक्टर पाण्डेयले भने । अस्पतालका स्टाफहरू सबै घटनास्थलमा नै थिए ।                                            प्रेस विज्ञप्ति ;

अस्पतालद्वारा जारी प्रेस विज्ञप्ति

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार