घेवामा जाँडरक्सी प्रयोग नगरे वडाले १० हजार नगद सहयोग गर्ने घोषणा ; वडा अध्यक्ष रितेश तामाङ

जाँडरक्सी रहित घेवा गर्नेलाई वडाबाट १० हजार सहयोग; अध्यक्ष रितेश तामाङ

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक, धुस्कोट
जिल्लाको बलेफी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष रितेश तामाङले आफ्नो वडा भित्र गरिने घेवामा जाँडरक्सी प्रयोग नगरेमा प्रोत्साहन स्वरुप १० हजार वडाको तर्फबाट सहयोग गर्ने बताउनुभएको छ । अध्यक्ष तामाङले घेवा जस्तो धार्मिक कार्यमा जाँडरक्सी प्रयोगले समाजमा नराम्रो सन्देश गइरहेकोले त्यसलाई बिस्तारै कम गराउने उपाय स्वरुप यो निर्णय गर्नुभएको जन्मभूमि पोष्टलाई बताए ।

उनले भनें, “ग्रामीण भेगका जनजाती समुदायहरुमा अझै कर्मकाण्ड गर्ने क्रममा जाँडरक्सी प्रयोग अत्याधिक हुँदै आएको छ । यस्तो बेला मद्दपान गर्दा दुख अनि पिडामा रहेको परिवारजनमा झन पीडा थप्ने कार्य जस्तो भएको देखिन्छ । यसलाई हटाउन टोलटोलबाट र वडावडाबाट सबैले यस्तै अभियान थाल्न जरुरी छ ।”

त्यस्तै अध्यक्ष तामाङका अनुसार यो रकम घेवा कार्य हुँदा जाँडरक्सी प्रयोग गरेको थाहा पाएमा उपलब्ध नहुने जानकारी पनि गराए । अध्यक्ष तामाङले हाम्रो बुद्ध धर्मले मात्र नभै सम्पुर्ण धर्ममा मद्दपान प्रयोग गर्ने कुरा कतै लेखिएको समेत नभेटिने बताए । अब चाँडै तामाङ गाउँहरु र जनजाती केन्द्रित गाउँहरुमा कुनैन कुनै अभियान चलाएर पनि नकारात्मक कार्यहरुलाई हटाउन जनप्रतिनिधिहरु लाग्न जरुरी रहेको उनको धारणा छ ।

वडा कार्यालयद्वारा निकालिएको सूचना

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार