साहसिक पर्यटनको हव बन्दै दोलखाको सोक्ला, रक क्लाइम्बिङ र हाइकिङका गर्न पुगे बिदेशी

  प्रीतम कुमार तामाङ

काठमाडौं
दोलखाको सोक्ला साहसिक पर्यटनको हवको रुपमा चिनिन थालेको छ । यहाँको सोक्ला पर्यटन विकास समाजले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गुरु योजनासहित साहसिक पर्यटकीय गतिविधि सुरु गरेका हुन् । जसले गर्दा बिदेशीहरु समेत यहाँ पुग्न थालेका छन् ।

यस गाउँमा साहसिक पर्यटन प्रवर्द्धनका लागि ‘रक क्लाइम्बिङ एन्ड हाइकिङ’ सुरु भएकाे छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आर्थिक समृद्धि र विकास गर्न सकिने सम्भावनालाई मध्यनजर गर्दै सोक्लामा ‘रक क्लाइम्बिङ एन्ड हाइकिङ’ सुरु गरिएको हो ।

समाजले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गुरु योजनासहित साहसिक पर्यटकीय गतिविधि सुरु गरेका हुन् । खेलाप, सोक्ला र चक्पासँग जोडिएको तीन वटै पहरामा मिनी रक क्लाइम्बिङ, एडभान्स र हाइ लेबलको रक  क्लाइम्बिङ  गर्न सकिने  अन्तर्राष्ट्रिय गाइड छिरिङ जाङबु शेर्पा बताउँछन् ।

‘सोक्लाको रक, भूगोल र वातावरणीय दृष्टिले रक क्लाइम्बिङसँगै साइक्लिङ गर्न सकिन्छ । स्वदेशी भन्दा पनि विदेशीहरूका लागि यो उत्तम गन्तव्य हो,’ माउन्टेन गाइड शेर्पाले भने, ‘अन्डर ग्राउन्ड एडभेन्चर टुरिजमका लागि सोक्लाको भूगोल छनौटमा छ । यहाँ पाँच वटा रुट बनाएर रक  क्लाइम्बिङ गर्न सकिन्छ ।’

उनका अनुसार गुमडाँडाको डिलबाट प्याराग्लाइडिङ गरेर तामाकोशी किनारामा ल्यान्डिङ गर्नका लागि वेसक्याम्प बनाउनु पर्छ । सोक्ला खेलाप क्षेत्रमा एग्रो टुरिजमसँगै जिप लाइन र बन्जी जम्प निर्माण गरेर विदेशी पाहुना भित्र्याउन सकिने शेर्पाको अध्ययनले देखाएको छ ।

भीमेश्वर नगरपालिकाका विपत व्यवस्थापन टिमले सोक्लामा रक क्लाइम्बिङ परीक्षण गरेका छन् । गाइड तथा प्रशिक्षक थिर बहादुर खड्का र शिव खड्काको टिमले सफल रूपमा रक  क्लाइम्बिङ परीक्षण गरेका हुन् ।
प्रशिक्षक थिर बहादुर खड्काले सोक्ला रक क्लाइम्बिङका लागि सबैको रोजाइको गन्तव्य बन्ने दाबी गरेका छन् । फ्रान्सका नागरिकहरूले समेत सोक्ला गाउँको रक क्लाइम्बिङ क्षेत्रको भ्रमण गरेका छन् ।  नेपालमा सामाजिक कार्य गर्दै आएका १५ जनाको टिमले यस क्षेत्रको प्रवर्द्धनका लागि सहयोग गर्ने बताएका छन् ।

सोक्लाको पर्यटकीय गन्तव्यको उत्कृष्ट तस्बिर र भिडियोलाई सामाजिक सञ्जालसँगै फ्रान्समा प्रचार गर्ने उनीहरूले बताएका छन् ।

भीमेश्वर नगरपालिका-२ का वडाध्यक्ष स्टालिन श्रेष्ठले फ्रेन्च नागरिकहरूलाई दोलखा बजारमा स्वागत गरेका थिए । दोलखाबाट फ्रेन्च नागरिकहरूले ‘सोक्ला रक क्लाइम्बिङ एन्ड हाइकिङ २०७९’ सुरु गरेका थिए ।

फ्रेन्च नागरिकहरू दोलखा, दुङगल, गंङरास, डिलढुंगा चक्पा हुँदै सोक्ला पुगेका थिए । उनीहरूले सोक्लामा बोम्बो(झाँक्री) संस्कृतिको अवलोकन समेत गरे । त्यसपछि रक क्लाइम्बिङ रुटको भ्रमण गरेको सोक्लाश्वरी पर्यटन विकास समाजले जनाएको छ । उनीहरू यस रुट हुँदै गुमडाँडा भएर चम्पुचा पार्क निस्किएका थिए । आज शनिवारको हाइकिङमा भीमेश्वर नगर विपत व्यवस्थापनका थिर बहादुर खड्का र शिव खड्का, भीमेश्वर नगरका कार्यपालिका सदस्य मुना श्रेष्ठ, भीनपा-२ का वडा सदस्य सविना विक लगायतको सहभागिता थियो ।

सोक्लाश्वरी पर्यटन विकास समाजले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् । समाजका अध्यक्ष अर्जुन पाख्रिनले दोलखाको समृद्धि र विकासका लागि पर्यटन नै प्रमुख आधार भएको बताए ।

सोक्लालाई एडभेन्चर टुरिजम गन्तव्य बनाउनका लागि रक क्लाइम्बिङ, बन्जी र प्याराग्लाइडिङसँगै र्याफ्टिङ प्रवर्द्धनमा भीमेश्वर नगरपालिकाले बजेट व्यवस्थापन गर्नुपर्ने  पाख्रिनले बताए ।

साथै, साे क्षेत्रको सांस्कृतिक सम्पदा, जातीय तथा भाषिक विविधताको अध्ययनका लागि अध्ययन तथा अनुसन्धान केन्द्र  स्थापना गरी यस क्षेत्रको चर्या-पर्या पर्यटनलाई जोड दिनु पर्ने अध्यक्ष पाख्रिनको भनाई छ । यस क्षेत्रमा तामाङ, थामी, मगर, क्षेत्री, नेवार र दलित समुदायकाे बसाेबास रहेका छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार