सिन्धुपाल्चोक
जुगल गाउँपालिका वडा नं. २ का राम काजी तामाङको २ महिने दुधे बालक छोरी छेसाङ तामाङ र आफ्नै भाई श्याम तामाङ ब्रेन ट्युमरबाट ग्रसित भै उपचाररत छन् । उनको छोरी टिचिङमा र भाईको टाउकाको अप्रेसन पश्चात् चाबहिल दिर्घायु अस्पतालमा उपचार भैरहेको छ । हाल सम्म उपचारको लागि निकै धेरै खर्च भैसकेको र ऋण समेत लागेकोले छोरीको अप्रेसनमा ढिलाइ भएको राम काजी बताउँछन् ।
यसरी एकै परिवारका दुवैजना प्राणघातक रोगबाट ग्रसित भै उपचारमा कठिन भएको थाहा पाएपछि नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमिती सदस्य युवा नेता निमा जङ्बु शेर्पाको पहालमा नीज हरुको उपचारको लागि आर्थिक रकम संकलन गरिएको छ । उहाँको पहलमा संकलित ४० हजार रकम अस्पताल मै पुगेर हस्तान्तरण गर्नुभएको छ ।
आर्थिक अवस्था निकै नाजुक भएकै कारण उनको छोरीको अप्रेसन हुन नसकेकोले युवा नेता एवं समाजसेवी शेर्पाले सम्पुर्ण सहयोगी मनहरुमा अपिल गर्नुभएको छ ।
सम्पर्क नम्बर
राम काजी तमाङ ९८६२३६९९०६
निमा जङ्बु शेर्पा ९८५१०२३१२५
पेम्बा ग्याल्जेन शेर्पा ९८४०९३८५८४
रकम सहयोग गर्नुभएका महानुभावहरु ;
१) निमा जङ्बु शेर्पा नेपाली काँग्रेस बागमती प्रदेस कार्यसमिती सदस्य रु. ५०००/-
२) पेम्बा ग्याल्जेन शेर्पा केन्द्रिय सदस्य नेपाल शेर्पा रु ५०००/-
३) गेल्जे लामा जनजाती महासंघ अध्यक्ष रु. ५००० /-
४) युवा समाजसेवी जयबिर स्याङ्बो नेपाली काँग्रेस क्षेत्रिय प्रतिनिधि रु. ५०००/-
५) दावा दोर्जे दोङ, युवा समाजसेवी गोल्चे रु. ५०००/-
६) तेन्जी शेर्पा अध्यक्ष नेपाल शेर्पा संघ मेलम्चि ना.पा. रु. ३०००/-
७) मिङ्मार शेर्पा रु. २५००/-
८) छिरिङ शेर्पा अध्यक्ष हिमालयन शेर्पा साँस्कृति केन्द्र रु. २०००/-
९) आचार्य नुर्बू शेर्पा बौद्ध महासंघ अध्यक्ष रु. २०००/-
१०) साईला शेर्पा उपाध्यक्ष नेपाल शेर्पा संघ रु. १५००/-
११) ल्हन्जम शेर्पा महिला नेत्री एवं अध्यक्ष नेपाल शेर्पा संघ सिन्धुपाल्चोक रु. १०००/-
१२) फुर्तेम्बा शेर्पा ईन्द्रवती गाउपालिका रु. १०००/-
१३) राम लामा नेपाली कांग्रेस महधिबेसन प्रतिनिधि रु. १०००/-
१४) जेठा लामा (जोगलाल) नेपाली काँग्रेस लिसांखुपाखर गाउँपालिका सभापति रु. १०००/- (जम्मा रु ४००००)