तामाङको डम्फु र पहिरनको गलत प्रयोजन गर्नु न्यायोचित होइन : ताम्बा घेदुङ

  जन्मभूमि संवाददाता

नेपाल तामाङ ताम्बा घेदुङद्वारा तामाङहरुको मौलिक बाजा डम्फू, धर्म र संस्कृति गलत प्रयोजन भइरहेको सम्बन्धि अन्तरक्रिया सम्पन्न गरेको छ।
शनिबार घेदुङको सभा हल चुच्चेपाटीमा भएको अन्तरक्रियमा तामाङका बाजा डम्फु र संस्कृतिलाई विभिन्न तत्वहरुले गलत प्रयोजन गरी विचलन ल्याएको बताइएको छ ।
ताम्बा घेदुङका अध्यक्ष पासाङ मोक्तानले केही समयअघि सामाजिक सन्जालमा कृश्चियन धर्मावलम्बीहरुले डम्फूको गलत प्रयोग र गीतहरुमा तामाङ पहिरनको अनर्थ प्रयोगले तामाङको संस्कृतिमा आँच आउने कामहरु भइरहेकोप्रति आपत्ति जनाउँदै यसबारे वास्तविकता बुझाउन अन्तरक्रिया गरेको जानकारी दिए ।
अन्तरक्रियमा तामाङ घेदुङका सहअध्यक्ष, कुमार घिसिङले तामाङको मुल्यमान्यता अनुसार डम्फुमा कुनै धर्मको लोगो राख्नु अनुचित रहेको बताए । उनले त्यस्तै पछिल्लो समय तामाङ गित गाउनेहरुले जे पायो त्यही गीत गाउन थालेपछि संस्कृति माथिको विलचन रहेको उल्लेख गरे ।
‘अहिले गित सङ्गितमा आउने बिकृतिले समाज बिगारेको छ‚ सहअध्यक्ष घिसिङले भने ।’
यसैगरी कार्यक्रममा बरिष्ठ गायक चन्द्रकुमार मोक्तानले तामाङको रिमठिममा डम्फुको इतिहास पुस्तक लेखेर राख्नुपर्ने बताए । ‘तामाङका बाजाहरुको इतिहास बनाएर राखेमा पछिका पुस्तालाई त्यो प्रमाणित दस्तावेज हुनेछ’‚ उनले भने‚ ‘हाम्रा पालामा डम्फूबाट इतिहास आदानप्रदान भइरहेको अहिले हराउदै गएको छ, त्यो जगाउनुपर्नेछ ।’
अहिले तामाङहरु धर्म परिवर्तन गर्नुको कारण अभाव भएर गरेको बताउँदै लोभमा फस्दै धर्म परिवर्तन गरेको उनको ठम्याई छ ।
मोक्तानले भने‚‘डम्फु प्रयोग गर्न पाइन्छ तर यसमा प्रयोग गरेका लोगोले बिषय फरक पारेको हो । डम्फुमा कृश्चियनको लोगो राख्नु अनुचित हो । तिनीहरु कृश्चियन भए पनि तामाङपन बोकेको छ, तर त्यसमा प्रयोग भएका लोगोले अन्याय भएको छ । उनीहरूले जानेर वा नजानेर राखेकोमा मेरो आपत्ति हो, उनले भने ।

त्यस्तै उनले फुर्बाको बिषयमा बोल्दै खासमा कबड्डी–४ हेर्ना जानू नै गलत थियो र तामाङका छोरोलाई हेपेर अपमानित गरेको बताए । अब तामाङहरु शिक्षित नभए यस्ता घट्नाहरु दिनप्रतिदिन दोहोरिदै जाने उनले बताए ।
यस्तै तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले तामाङहरु खास खास बिषयमा पछि नै परेको बताए । ‘सामाजिक सन्जालको प्रयोगले ताम्बाको गलत प्रयोग भएको बताउँदै यसमा हामी सचेत हुन जरुरी देखिन्छ’‚ उनले भने‚ डम्फु दुरुपयोग भन्नेमा चाहि तामाङहरु गरीबिको कारण धर्म परिवर्तन गर्नु परेको अवस्थाले गर्दा भएको छ । डम्फू जहाँ बजाए पनि गलत मानसिकताले प्रचारप्रसार गर्नु संस्कृति माथीको हेपाई हो ।’
उनका अनुसार ताम्बालाई राज्यको बिभेदले लोप बनाउँदै लगेको छ । यसमा हामी एकता नभएकोले बिकेन्द्रीकृत त बिचलित भएको छ । ताम्बाको लिपिबद्व नभएकोले अरुले बिकृतिमा प्रयोग गरेको छ उनको भनाइ थियो।
स्वाँगेभाइ बिहेवारी गर्ने चलन कतिपय स्थानमा देखिएकोले यसले संस्कृतिको बिचलन भएको नै हो । तामाङ पहिरन प्रयोग गरि गलत नियतले धार्मिक प्रचार गरेकोमा आपत्ति नै हो । हामीले ताम्बा संस्कृति एकरुपता गर्नु जरुरी छ । यसैगरी तामाङ डाजाङका अध्यक्ष फुलकुमार बमजनले अन्तरक्रियामाथि बोल्दै तामाङ संस्कृतिमा बिकृतिसँगै बिचलित बढेको छ । उनले तामाङ्हरुको मानव सभ्यतादेखि चल्दै आएको संस्कृतिको बिचलित रोक्न सकिने अवस्था नभएको बताए ।
तामाङहरु संस्कृतिमा फरकफरकपन त छ नै‚ जस्तो पश्चिमी तामाङ, पुर्बका तामाङहरुमा डम्फु बजाउने र नबजाउनेमा नै फरक छ । उनले डम्फु र संस्कृति कमर्सियल हुनुपर्ने तर गलत प्रचारले गर्न नहुने बताए ।
यस्तै घेदुङका पूर्वमहासचिव बाबू घिसिङले तामाङका बाजाहरु सही र ठिक समयमा प्रयोग गर्नु जरुरी देखिन्छ । यस्तो कार्यमा तामाङ घेदुङ गम्भीर्याता नभएको पाइएको छ, उनले भने ।

धर्म परिवर्तन गरेर जाने तामाङहरुलाइ घेदुङले सार्वजनिक आह्वान गर्नुपर्ने बताउँदै लामाहरुको पुजा विधि खर्चिलो भएर नै तामाङहरु कृश्चियन भएको जिकिर गरे ।
यस्तै अनुसन्धानकर्ता खोजराज गोलेले राज्यसत्ताले तामाङलाई न्याय दिन्छ भने आकासको तारा डोकोमा थप्नुसरह भएको बताए । ‘तामाङ भाषामा केही गर्न खोज्छु, सबै राज्यले बन्देज गरेको छ’‚ उनले भने‚ ‘राज्यसत्ताको दबाब र क्रिश्चियनको प्रभाव बढदै गएको छ । कृश्चियनहरुले बिदेशी संस्कार भित्रिएको हुँदा आफ्नो संस्कार बिचलनमा पारेको हो ।’
गोलेले भने‚‘ एउटा धर्मले अर्को धर्मको सम्मान गर्नुपर्छ, अपमान होइन ।’ कार्यक्रममा इन्द्रराम तामाङ‚ घेदुङका उपाध्यक्ष सन्चु ब्लोन लगायतले संस्कृतिलाई विचलन हुन नदिन हामी सबैको भूमिका महत्व रहेको बताए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार