दुग्ध उत्पादनमा जिल्लाकै उत्कृष्ट बिन्जेल गाउँमा ३ दिने भैंसी सम्बन्धि तालिम सुरु

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
बलेफी गाउँपालिका वडा नं. ४ स्थित बिन्जेल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका कृषकहरुलाई ३ दिने भैंसी पालन सम्बन्धि तालिम कार्यक्रम सुरु भएको छ । डा. शिवलाल भण्डारीद्वारा दिईने प्रशिक्षण कार्यक्रम बलेफी गाउँपालिका कृषि तथा पशु शाखाले आयोजना गरेका हुन् । बिन्जेल दुग्ध उत्पादक गाउँ मध्ये जिल्लाकै उत्कृष्ट स्थानमा पर्दछ ।

कृषक स्तरमा भैंसी पालन सम्बन्धि ३ दिने तालिम संगै भैंसी प्रबर्द्धन कार्यक्रम अन्तर्गत ३३ जना कृषकलाई ३३ वटा भैंसी अनुदान स्वरुप वितरण गर्ने संस्थाका उपाध्यक्ष हरिप्रसाद तिमल्सिनाले जनाए । संघिय ससर्तबाट दूध मिसन कार्यक्रम अन्तर्गतको यस कार्यक्रमका लागि तालिम, औषधि सहित १९ लाख ९४ हजार बजेट विनियोजित भएको बलेफी गाउँपालिकाका प्रशासकीय प्रमुख देविलाल सापकोटाले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य माधव सापकोटा (सुबोध), विशेष अतिथिका रुपमा गाउँपालिका अध्यक्ष गंगबहादुर तामाङ, उपाध्यक्ष सरु लामा तामाङ लगायत उपस्थित हुनुभएको थियो । उहाँहरुले अअफ्नो मन्तव्य यसरी राख्नुभएको थियो ।
                                                                                                          भिडियो रिपोर्ट ;

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार