तामाङ समाज उत्तर अमेरिकाको दोश्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि सुरु हुँदै

  प्रीतम कुमार तामाङ

काठमाडौं
उत्तर अमेरिकामा बसोबास गर्दै आएका तामाङहरुको छाता संगठन “तामाङ समाज उत्तर अमेरिका (TSNA)” को दोश्रो राष्ट्रिय महाधिवेशन शनिबार देखि सन फ्रान्सिस्को, क्यालिफोर्नियामा हुने भएको छ । जुन १८ देखि २० सम्म ३ दिन हुने यस सम्मेलनमा उत्तर अमेरिकाभरिका विभिन्न १० राज्यका ९ वटा सदस्य संस्था बाट १० जनाको दरले प्रतिनिधिहरू, वर्तमान कार्यसमिति र सल्लाहकार समितिका गरी १२८ जना प्रतिनिधिहरू सहभागि हुने वर्तमान अध्यक्ष लक्यान डि. लामाले जानकारी दिनुभएको छ । लामाले सम्मेलनको सम्पुर्ण तयारी समेत पूरा भैसकेको समेत बताउनुभयो ।

यस बृहत सम्मेलनको सम्पुर्ण व्यवस्थापन तथा आयोजक समितिको जिम्मेवारी तामाङ कोपरेसन सोसाईटी अफ क्यालिफोर्नियाले लिएको छ । सम्मेलनमा उपस्थित हुने
राज्यहरुमा क्यालिफोर्निया, कोलोराडो, न्युयोर्क, बोस्टन, टेक्सास, पेन्सानभेनिया, वासिङटन डीसी, कनेक्टीकट लगायत पर्दछ । कार्यक्रम व्यवस्थापक समितिका अध्यक्षमा शेर लामाले जिम्मेवारी बहन गर्नुभएको छ । उनका अनुसार सहभागी प्रतिनिधिहरुले भाग लिन आफ्नै खर्चमा आउनु पर्नेछ ।

हाल सम्म TSNA ले गरेका गर्विलो कामहरु;

TSNA कै प्रयासमा तामाङ इमर्जेन्सी फन्ड सञ्चालनमा छ । जसले संस्थाको कार्य क्षेत्रमा बसोबास गर्ने तामाङहरुलाई आपतकालीन  अवस्थामा सहयोग गर्दै आइरहेको छ । इमर्जेन्सी फन्ड र ग्लोबल तामाङ  एजुकेसन फन्ड यस संस्थाको उपलब्धि मूलक र ठूलो फन्डको रुपमा मानिन्छ । इमर्जेन्सी फन्ड मार्फत हाल सम्म ५० हजार अमेरिकी डलर छुट्टै समिति मार्फत समुदायलाई सहयोग गरेको संस्थाले जनाएको छ ।

कार्यक्रमको तालिका यस्तो छ ;

पहिलो दिन उद्घाटन कार्यक्रमसँगै मौलिक तामाङ संस्कृतिसहितको सांगीतिक कार्यक्रम प्रस्तुत गरिने छ । जसका लागि चर्चित कलाकार निमा रुम्बा, छिरिङ लामा लगायत कलाकार उपस्थित हुनुहुनेछ ।

संस्थाको छोटो परिचय ;

यस संस्थाको पहिलो सम्मेलन न्युयोर्क राज्यमा भएको थियो भने यस संस्थाको सन् २०१९ को साधारण सभा सेप्टेम्बरको १३ देखि १५ सम्म डिसी भर्जिनियामा सम्पन्न गरिएको थियो ।

तामाङ समाज उत्तर अमेरिका (TSNA) तामाङहरुको पहिचानलाई अमेरिकाको मूलधारमा स्थापित गर्ने उद्देश्यले सन् २०१८ मा स्थापना भएको हो । समाजको पहिलो महाधिवेशनले लक्यान लामालाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको थियो । तर सन् २०२० मा मात्रै विधिवतरुपमा यो संस्था दर्ता भएको छ । यस संस्थाको अगुवाईमा ‘ग्लोबल तामाङ एजुकेसन फन्ड २०२०’ स्थापना गरिएको छ । नेपालको तामाङ समुदायको विकासका लागि स्वास्थ्य, शिक्षा, राजनीतिक लगायत क्षेत्रमा सहयोग गर्ने उद्देश्य रहेको संस्थाले जनाएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार