खेलाडी एवं युवा व्यवसायी सरोज गिरि र अनिलको चरित्र हत्या गरियो

  प्रीतम कुमार तामाङ

काठमाडौँ
सरोज गिरी र अनिलले केही तत्वहरु मिलेर आफुहरुविरुद्ध गलत समाचार प्रकाशन गरेकोमा दु:ख व्यक्त गरेका छन । केही अनलाइनहरुले आफुहरुलाई मुछेर ‘काठमाडौंमा उत्पात मच्चाउने टोले गुण्डाहरू पक्राउ, अब तोरीको फूल देख्ने’ शिर्षकमा लेखिएको समाचारप्रती खेद प्रकट गरेका छन ।

समाचारमा काठमाडौंको गल्फुटारमा रहेको रेष्टुरेन्टमा निःशुल्क खान खोज्ने, रेष्टुरेन्टका कर्मचारीलाई कुटपिट गर्ने, अपशब्द बोल्ने, ग्राहकहरूलाई कुटपिट गर्ने जस्ता हर्कत गरेपछि बुढानिलकण्ठ प्रहरीले शुक्रबार पक्राउ गरेको र केही टोले गुण्डाहरू भागेको समाचार उल्लेख थियो । सरोज गिरी स्वच्छ छवी भएका व्यक्ती हुन । सरोज गिरीले थाइल्याण्डबाट मोव थाइ जज र रिफर कोर्स पुरा गरेका व्यक्ती हुन । मुयोथाइ एसोसिएसनका उपाध्यक्ष समेत रहेका उनी वन मल्टिपर्पोज प्रा.ली, वन अटोमोबाइल प्रा.ली, गिरी ट्राभल एण्ड टुर्स र गिरी रियल स्टेट प्रा.ली का सञ्चालक समेत हुन ।

आफु चिनजान र कहिल्यै देख भेट नभएको व्यक्तिसँग नाम जोडेर आफुलाई बदनामित गर्न खोजेको समेत गिरिले बताए । गिरिले भने,’चिनजान र कहिल्यै देख भेट नभएको व्यक्तिहरुसंग नाम जोडेर बदनाम गर्न खोजियो ।’ उनले आफु विरुद्ध गलत समाचार सम्प्रेषण गर्ने अनलाइन विरुद्ध प्रेस काउन्सिलमा उजुरी दिने बताएका छन । केही तत्वहरु र समाचार संस्था मिलेर आफ्नो चरित्र हत्या गरेको उनको भनाइ छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार