मेयर बालेनको अपिल “काठमाडौंबासीले कुहिने र नकुहिने फोहोर छुट्याएर फालिदिनुस्”

  जन्मभूमि संवाददाता

निकै दिन देखि काठमाडौंको सडकमा फोहोर थुप्रीएको छ । यसले गर्दा बालेनको आगमन संगै सफा, सुन्दर काठमाडौं परिकल्पना गरिरहेका सबैमा चिन्ता थपिएको छ । निरन्तर फोहोर डम्पिङ गर्दै आएको सिजडोलका स्थानीय फोहोर फाल्न नदिने भन्दै आन्दोलनमा उत्रेका छन् । यस्तैमा महानगरले प्रहरी लगाएरै भएपनि तत्कालका लागि सडक किनारामा थुप्रीएको फोहोरलाई व्यवस्थापन गर्न लागेका छन् ।

यसरी वर्षौंदेखीको काठमाडौंको विकराल समस्याको रुपमा रहेको फोहोर व्यवस्थापनलाई स्थायी रुपमा निराकरण गर्ने उपाय स्वरुप भर्खरै निर्वाचित मेयर बालेन शाहले सबैमा कुहिने र नकुहिने फोहोरलाई छुट्याएर फालिदिन अपिल गरेका छन् । यसो गर्दा फोहोर व्यवस्थापनमा निकै सजिलो हुने देखिन्छ । उनले आफ्नो सामाजिक संजल फेसबुकमा धेरै दिनदेखि नउठेको फोहोर छिटै उठाउने प्रतिबद्धता सहित क्षमा माग्दै लेखेका छन् ; “हामी फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्यालेर वा थुपारेर हुदैन । समाधान तपाईहरुको साथबिना सम्भव हुदैन । यसैले हामी आग्रह गर्छौँ कि अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर निस्किउन् । कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाण्डौँमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन ।”

बालेनको फेसबुकाको लेख साभार;

‘अब फोहोर उठ्नेछ ।’ यो सबैको लागि निसन्देह: खुसीको खबर हो । अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुखका लागि क्षमाप्रार्थी छौँ । साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुख दिदा र अफ्ठ्यारोमा पारिरहदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ ।

तर फोहोर उठ्नु मात्रै यसको समाधान होइन । अब अझै धेरै गर्न बाँकी कुरा रहन्छ । हामी फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्यालेर वा थुपारेर हुदैन ।

समाधान तपाईहरुको साथबिना सम्भव हुदैन । यसैले हामी आग्रह गर्छौँ कि अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर निस्किउन् । कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाण्डौँमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन । अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौँ, तपाईहरुले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पुरा गरिदिनु हुनेछ ।

महानगरले पनि पहिलेका कमजोरी वा गल्तिहरु दोहोर्याउने छैन । फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोशिस गर्नेछ । हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट्याइसकेको फोहोरलाई महानगरले पुन: एकैठाउँमा मिसाउने गल्ति गर्ने छैन भने तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफुले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउन छैन । यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ ।

यो सूचना चाँडो भन्दा चाँडो फैलाउनका लागि आफ्नो परिवार, आफन्त र साथीहरुसँग यसबारेमा कुरा गर्नुहोला । हामी सबै एकै भएर फोहोर विरुद्धको मोर्चामा बनाऔँ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार