बलेफी ८ फाँटबस्तीमा जनप्रतिनिधि र कृषि विज्ञकोको उपस्थितिमा अन्तरक्रिया सम्पन्न

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
बलेफी गाउँपालिकाको वडा नं. ८ को फाँटबस्तीमा कृषि सम्बन्धी अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । कार्यक्रममा वर्तमान स्थितिमा कृषकहरुको समस्याको बारेमा गुनासो उठेको र सो को सम्बोधन जनप्रतिनिधि र विज्ञले गरेका छन् ।

गाउँ पालिका अध्यक्ष गंगाबहादुर तामाङ, उपाध्यक्ष सरु लामा तामाङ, वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, कृषि विज्ञ शिव यान्दे, बिमा कंपनीको प्रतिनिधि लगायतको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा मकैमा लागेको फौजी किराको समस्या, घाँसमा फट्याङ्रले दिएको दुख, समयमा युरिया मल नपाउनुको पिडा, बिमा गर्नको लागि झन्झट, कृषि लोन लिन आइपर्ने समस्या पोखाउनुभएको थियो ।

यस्तै समस्याहरुको बारेमा बोल्नुहुँदै गाउँ पालिका अध्यक्ष गंगबहादुर तामाङले पशुपालन, कृषि खेतीमा लागेका सम्पुर्ण कृषकहरुले जोखिम कम गर्न अनिवार्य बिमा गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै खेतिपातीमा किरा, फटयांग्राले दिने दुखका लागि गाउँ पालिका कृषि शाखाबाट र पशु शाखाबाट निशुल्क औषधि, परामर्श दिँदै आएकोले त्यसको उपयोग गर्न पनि सुझाए । हाल कृषकको ठूलो समस्याको रुपमा खडा भएको युरिया मल अभावका लागि तातोपानी भन्सारमा आएर अड्किरहेकोमा विभिन्न कार्यविधिमा समस्या भएकोले तत्काल मल ल्याउने उपाय तर्फ लाग्ने पनि बताउनुभयो ।

गाउँ पालिका उपप्रमुख सरु लामा तामाङले मन्तव्य राख्नुहुँदै विज्ञ संग कृषकको अन्तरक्रिया कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेकोले यस्तो कार्यक्रम प्रभावकारी रुपमा अघि बढाउन जरुरी रहेको बताउनुभयो । त्यस्तै सो कार्यक्रमले आम कृषक आमाबुबा, दाजुभाइहरुको जिज्ञासा मेटेको आशा अनि बिश्वास लिएको सुनाउँदै बलेफी समृद्धिको कुरा गर्दै गर्दा कृषि क्षेत्रलाई अघि बढाउन जनप्रतिनिधि मात्रै नभै हरेक तहबाट एकजुट हुन जरुरी रहेको जनाए । उहाँले कार्यक्रममा सम्बोधन गर्दै भन्नू भयो,”बलेफीको मुल आधार नै कृषि हो, यसलाई हामीले सशक्त रुपमा अघि बढाउन नसके बलेफीको विकास हुन कदापि सक्दैन, तसर्थ आम कृषक वर्गले स्थानीय तहबाट कृषिको विकास गर्न प्राप्त हुने विविध अनुदान, सर सल्लाह लिन समेत सुझाए ।

वडा अध्यक्ष रमेश कुमार श्रेष्ठले हाल युरिया मलको समस्या झेल्दै गर्दा तातोपानी नाकामा आएर रोकिएको मल तत्काल छिटोभन्दा छिटो ल्याउन पहल थाल्ने धारणा राख्नुभयो । श्रेष्ठका अनुसार “यदि हामीले पैसा तिरेर समेत मल नपाउने स्थिति आयो भनें तातोपानीबाट ट्याङ्करमा मल आउँदै गरेको सूचना पाए हजारौं कृषक ओरालेर बाटोमा रोकेर लिने वातावरण सम्म पुग्ने अठोट लिनुभयो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार