बाल शिक्षा मा. वि. को आफ्नै स्कुल बस, नेता क्षेत्रीले गरे उद्घाटन

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जिल्लाको बलेफि गाँउपालिका वडा नं. ७ खाडिचौर स्थित बालशिक्षा मा. वि. मा आफ्नै स्कुल बस व्यवस्थापन भएको छ । यस स्कुलका व्यवस्थापन समितीका अध्यक्ष एवं निवर्तमान पालिका अध्यक्ष केदार क्षेत्रीको ड्रीम प्रोग्रामको रुपमा लिईएको यो कार्य अन्ततः पूरा गराएरै छाडेको छ । बस उद्घाटन कार्यक्रम उनकै उपस्थितिमा शुक्रबार सम्पन्न भएका छन् ।

कार्यक्रममा बलेफि गाँउपालिका कार्यवहाक अध्यक्ष कमला कायस्थ, बलेफि ७ का वडा अध्यक्ष कार्केल लामा, नेपाली काँग्रेस बलेफिका सभापति राम कुमार तामाङ, काँग्रेस बलेफि ७ का सभापति नील कुमार तामाङ, काँग्रेस बलेफि ६ का सभापति रामचन्द्र थापा, काँग्रेस बलेफिका नेता कृष्ण क्षेत्री, सुबास सुन्दास लगायत स्कुल परिवारको बाक्लो उपस्थिति रहेको थियो ।

बसको सुविधा स्कुलका विद्यार्थीहरुले यहि चैत्र २७ आइतबार देखि पाउने स्कुल परिवारले जनाए । बसले बलेफि ६ को भनज्याङ डाँडा, बलेफि ७ का चिम्लिङ, बलेफि बजार, लामोसाँघु सम्मका बिद्यार्थीहरु ओसारपसार गर्ने क्षेत्रीले बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेता क्षेत्रीले आफू काँग्रेसमा प्रवेश हुनुको कारण एमाले पार्टीमा ४१ औं वर्ष रहेपनी कुनै विकासको काम गर्न नसकेको जनाउनुभयो । यदि एमालेले अहिलेकै अवस्थामा बलेफिको विकास गर्दै गएमा अझै १०० वर्ष लाग्ने तर्क राख्नुभयो । काम गर्ने पार्टीको रुपमा काँग्रेस मात्र देखिएकोले र यसमा नेता बस्नेतको बिकास गर्ने शैली मन परेकोले पनि आज आफू बिकास गर्ने पार्टीमा आएको उनले बताए ।                                   हार्दिक निमन्त्रणा !!!

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार