नक्कली नं. प्लेट राखी प्रयोग गरेका ७ थान बुलेट बाईक बरामद

बेवारिसे अबस्थामा फेला परेका ७ थान बुलेट मोटरसाईकल बरामद

  जन्मभूमि संवाददाता

काठमाडौं
प्रहरीले उपत्यकाका बिभिन्न स्थानहरुबाट ७ थान बुलेट मोटरसाइकल बरामद गरेको छ । भारतिय नाकाबाट बिभिन्न मोटरसाईकलहरु भन्सार छलि चोरी पैठारी गरी नेपालमा भित्र्याई नक्कली नम्बर प्लेट राखि कारोबार गर्ने गरेको भन्ने बिशेष सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उपत्यकाका बिभिन्न स्थानहरुबाट मोटरसाइकलहरु बरामद गरेका हुन् ।

प्रहरीका अनुसार अन्दाजी मुल्य (रू.२१,००,०००/-) एक्काईस लाख बराबरको रोयल ईन्फिल्ड कम्पनीका बुलेट मोटरसाईकलहरु बरामद गरी आवश्यक कारबाहिको लागी त्रिभुवन अन्तराष्ट्रीय भन्सार कार्यालय गौचरण काठमाण्डौ पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको बताईएको छ ।

प्रहरीका अनुसार बरामद भएको बुलेट मोटरसाईकल नम्बरहरुमा सु.प.प्र ०१-००९ प २०५०, से.७ प.८४८९, प्र.०१-०४९ प ३३२६, बा.४९ प ९३२२, बा.प्र. ०२-०२३ -२४७४, सु.प्र.प्र.०१-००९प.५१६६ र सु.प.प्र. ०१-००८ प.५५९ रहेका छन् ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार