सिन्धुपाल्चोक
जिल्लाको चौतारा नगरपालिका-६ स्थित ट्याङ्की डाँडामा निर्माण गरिएको ६७ फिट अग्लो भ्युटावर सहितको बुद्ध पार्क उद्घाटन गरिएको छ । आज सम्पन्न उक्त कार्यक्रममा
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा
लगायत एमाले नेता क्षेत्र नं. २ का सांसद शेर बहादुर तामाङ उपस्थित हुनुहुन्थ्यो ।
भ्युटावर र बुद्धको प्रतिमुर्ति सहितको पार्क चौतारा साँगाचोकगढी नगरपालिकाको गौरवको योजनाको रूपमा लिईन्छ । नगर प्रमुख अमानसिं तामाङले आफ्नो कार्यकालको एक नमुना पर्यटकीय स्थलको रुपमा परिचित गराउन निकै मेहेनतका साथ यो पार्क निर्माण गरेको बताउनुभएको छ ।