युट्युबबाट अरुको चरीत्र हत्या गरेको आरोपमा वाईबा पक्राउ

  जन्मभूमि संवाददाता

काठमाडौं
युट्युबमा अन्तर्वार्ता दिने क्रममा अरुको चरित्र हत्या गरेको आरोप लागेका शर्मिला वाईबालाई प्रहरीले पक्राउ गरिएको छ । वाईबाले केही दिन अघि पीडितको मानमर्दन अनि चरित्र हत्या गराउने उद्देश्य राखी Celeb Nepal र Aone media Channel नामक युट्युबबाट अन्तर्वार्ता दिएका थिए ।

उनी जिल्ला सुनसरी, भरौला गा.वि.स. ३, हाल बराहक्षेत्र नगरपालिका ३ स्थायी घर भै काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका – १० बस्दै आएको प्रहरीले जनाएको छ । उनले बिद्धुतिय कारोबार ऐन २०६३ अनुसार कसुर गरेकोले सम्मानित अदालतबाट ७ दिने म्याद थप गरेर अनुसन्धान अघि बढाईएको बताईएको छ ।

पछिल्लो समय अनर्गल प्रचारबाजी, चरित्र हत्या गर्ने थलोको रुपमा युट्युब प्रयोग बढ्दै गएपछि सरकारले युट्युब संचालक देखि यस्तो कार्यमा संलग्नहरुलाई कारबाहीको क्रम बढाउँदै आएको छ । यसै क्रममा थुप्रैलाई कानुनी कारबाही समेत गरिसकेका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार