काठमाडौं
चर्चित अभिनेता पल शाहले प्रहरीमा आत्मसमर्पण गर्ने भएको छ । उनी ५ दिन देखि प्रहरीको मोस्ट वान्टेडमा छन् । शाह विरुद्ध एक नाबालिक गायिकालाई जबर्जस्ति करणी गरेको आरोप लागेको छ ।
उनी विरुद्ध तनहुँ जिल्ला प्रहरीमा किटानी जाहेरी परेको छ । उनले आजै आफ्नो फेसबुक पेज मार्फत प्रहरीमा जाने कुराको बारेमा लेखेका छन् ।
यस्तो छन् पलको स्टाटस ;
नमस्कार सबैमा ,
मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म “म यस्तो गित गाउछु २” गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद ।