हेपेर, पेलेर काम अघि बढाउन खोजेपछि आक्रोशित स्थानीयद्वारा निर्माण स्थलमा अवरोध

पेशीमा अदालतमा अनुपस्थित जनप्रतिनिधिका आसेपासे गाउँमा हस्ताक्षर उठाउँदै

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
जुगल ५ को बराम्ची स्थित बराम्ची स्वास्थ्य चौकी स्तरोन्नतिका लागि परेको योजनालाई त्यहाँका जनप्रतिनिधिहरुको मिलेमतोमा स्थानान्तरण गरेपछि स्थानीय जनताहरु आन्दोलित छन् । बराम्ची स्वास्थ्य चौकी कै नाममा परेको १० शैयाको अस्पताल सोही वडा कै तल्लो भेग चनौटे पुर्याएपछी यो विषय विवादित बनेको हो ।

“यति सम्म हेपेर, पेलेर अघि बढ्न खोज्नु जनप्रतिनिधिको गैरजिम्मेवारी पुर्ण कार्य भएकोले यसको अझै कडा प्रतिवाद गर्ने र सो को सम्पुर्ण जिम्मेवारी सम्बन्धित व्यक्ती र निकायले लिन तयार रहनुपर्छ।” आन्दोलित स्थानीय

उच्च अदालतमा मुद्दा दर्ता भै पेशीमा समेत सम्बन्धित विपक्षीहरु उपस्थित नभै उल्टै गाउँ गाउँमा हस्ताक्षर संकलन गर्दै हिँडिरहेको स्थानीयले जन्मभूमि पोष्टलाई जानकारी दिएका छन् । अस्पताल निर्माणको कार्य समेत पेलेरै सुरु गरेपछी मंगलबार आक्रोशित स्थानीयहरु निर्माण स्थलमै पुगेर नाराबाजी गर्दै सवारी साधनको चाबी नियन्त्रणमा लिने देखि गोदाममा ताला लगाएका छन् । स्थानीयहरुले यति सम्म हेपेर, पेलेर अघि बढ्न खोज्नु जनप्रतिनिधिको गैरजिम्मेवारी पुर्ण कार्य भएकोले यसको अझै कडा प्रतिवाद गर्ने र सो को सम्पुर्ण जिम्मेवारी सम्बन्धित व्यक्ती र निकायले लिन तयार रहनुपर्ने बताएका छन् । उनिहरुले अदालतको आदेश नआउँदै अस्पतालको जग खन्ने कार्य समेत भएकोले स्थानीयहरु सबै मिलेर उत्रीने समेत जनाएका छन् । 

यो विषयमा वडा नं. ५ का वासिन्दा संग कुनै छलफल, भेला नै नगरी गुपचुपमा योजनाको टेन्डर आह्वान गरेपछि मात्र स्थानीयहरुले सुइको पाएका थिए । त्यस पश्चात् यस अघि माघ १० गते गाउँ पालिका पुगेर आक्रोशित जनताहरुले विरोध पत्र सहित तत्काल सच्याउन माग गर्दै आन्दोलन गरेका थिए ।

यसरी विरोध पत्र बुझाउँदै सम्बन्धीत सरोकारवाला सबैलाई राखेर छलफल गरि निर्णय सच्याउनुपर्नेमा गाउँ पालिकाले सर्वदलीय बैठक डाकेपछी काँग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादीले बहिष्कार नै गरेको थियो ।

फेरि पनि शान्तिपुर्ण समाधान नखोजि  पालिकाको बैठक बसि बराम्ची स्वास्थ्य चौकीलाई प्रसुति गृह सहित बर्थिङ सेन्टर बनाइ गाउँपालिकाले नै सेवा सुबिधा दिने गरि करिब ७२ लाख बराबरको टेन्डर अव्हान गरेर सोझा जनताहरुको आखामा धुलो छर्न खोजेको आरोप स्थानीयहरुको छ । जसले गर्दा यो विवाद झन चुलिँदै गएको हो ।

स्थानियको तर्फबाट केन्द्रबाट “बराम्ची स्वास्थ्य चौकी स्तरोन्नति” शिर्षकमा साविक बराम्ची ४ मा अवस्थित स्वास्थ्य चौकी रहेकै ठाउँमा अर्थात आधारभूत अस्पताल निर्माण कार्य अगाडी बढाइ पाउँ भनि उत्प्रेषण सहितको परमादेश माग गर्दै सम्मानित उच्च अदालत पाटनमा संघीय स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य मन्त्रालय, जिल्ला जनस्वास्थ्य कार्यालय, गाउँ पालिका र सम्बन्धित वडा कार्यलयलाई विपक्षी बनाई मुद्दा दर्ता गरिएको थियो ।

सो मुद्दामा अदालतले माघ २४ गते दर्ता भै २६ गते सबै पक्षलाई बोलाई छलफलको पेशी तोकिएको थियो । तर सम्बन्धित विपक्षी भनें उपस्थित भएन । फेरि ११ फागुनका लागि पेशी तोकियोमा उनिहरु भनें गाउँमा हस्ताक्षर सङ्कलन गरेर हिँडिरहेको र चनौटेमा अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्रालयले गाउँलेको अपिलका कारण बजेट निकासा रोकिँदा पनि जबर्जस्ति निर्माण कार्य थालेकोले जनता थप आक्रोशित भएको हो ।

यसै विषयमा जानकारी लिन जुगल ५ का वडा अध्यक्ष सनत कुमार अधिकारीलाई पटकपटक सम्पर्क गर्दा उनको फोन उठेनन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार